• उर्लाबारी २ देवीझोडा ‘क’स्थित तेली खोला किनारमा माता पाथिभरा मन्दिर निर्माण हुने भएको छ । बुधबार उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले एक कार्यक्रमका बीच धार्मिक विधि गरी मन्दिरको शिलान्यास गर्नुभयो ।दान दातव्यबाट सहयोग संकलन गरी निर्माण हुने मन्दिरमा नगरपालिकाको तर्फबाट पनि सहयोग रहने मेयर खरेलले कार्यक्रममा प्रतिबद्धता जनाउनु भयो ।

    यस्तै, विशिष्ट अतिथि निर्माण व्यवसायी अर्जुन तुम्रोकले पाथिभरा देवीको पित्तल धातुको मुर्ति निर्माण र प्राणप्रतिष्ठा कार्यक्रममा लाग्ने सम्पुर्ण खर्च आफुले व्यहोर्ने बचनबद्धता व्यक्त गर्नुभयो । लामो समयको प्रतिक्षापछि वडामा माता पाथिभरा मन्दिर निर्माण शिलान्यास भएपछि स्थानीय खुसी भएका छन् ।

    कार्यक्रममा समाजसेवी शेरबहादुर भण्डारी, रमेश विष्ट, चुणामणि खतिवडालगायतले सनातन धर्मको औचित्यका बारेका मन्तव्य राखेका थिए । कार्यक्रममा विष्णुप्रसाद भट्टराईको सभापतित्व रहेको थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…