• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पञ्चायत माविमा भएको पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगतामा ९ वटा स्वर्ण र ३ रजत पदकसहित बुद्ध मावि प्रथम भएको छ । 
    त्यसैगरी ४ स्वर्ण र ५ रजत पदकसहित सिंहबाहिनी मावि दोस्रो, ४ स्वर्ण र ३ रजतसहित पञ्चायत तोस्रो भएका छन् ।
    अमरसिंह ३ स्वर्ण १ रजत, जनता मावि २ स्वर्ण ४ रजत, रेडस्टार २ स्वर्ण ३ रजत, बाल कल्याण २ स्वर्ण २ रजत, एभरेष्ट आमावि २ स्वर्ण, सुनाखरी माविले १ स्वर्ण २ रजत, अरुणोनय १ स्वर्ण १ रजत पदक प्राप्त गरेर पदक तालिकामा क्रमस चौथो देखि दशौं भएका छन् । 
    स्वर्ण जित्न नसकेका चन्द्र किरातेस्वर माविले ३ रजत, अन्नपूर्ण र दुर्गा माविले १—१ रजत पदक प्राप्त गरेका छन् । 
    पथरीशनिश्चरे नगरमा रहेका २६ वटा मावि मध्ये २० वटा विद्यालयहरु पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका थिए । 

    पदक बिहिन विद्यालयहरु
    सहभागी मध्ये बाल्मीकि, न्यूपेगोडा, भूपूसैनिक, बाल नमुना, प्याराडाइज, भागिरथ र सुगाहाट माविहरु खालिहात घर फर्केका छन् । 

    भलिबलमा दुबै स्वर्ण एभरेष्टलाई

    प्रतियोगिताको आकर्षणको रुपमा रहेको भलिबल छात्र र छात्रा दुबैतर्फ पथरीशनिश्चरे १ स्थित एभरेष्ट आवासीय माविले स्वर्ण पदक हात पारेको नगर शिक्षा शाखाका अधिकृतसमेत रहेका खेलकुद समितिका सदस्य सचिव नवीन खुलालले जानकारी दिए । 
    एभरेष्टले छात्रतर्फ पञ्चायत मावि र छात्रातर्फ रेडस्टार बोर्डिङसँग फाइनल खेलेका थिए । बलिबलमा दुबै विद्यालयलाई पराजित गर्दै दुई स्वर्ण हाता पारेको हो । त्यसैगरी छात्रतर्फ कबडीकबडीमा सुनाखरी माविलाई पराजित गर्दै रेडस्टारले स्वर्ण पदक जितेका थिए । छात्रातर्फ बुद्ध माविले स्वर्ण पदक जितेका हुन् ।  

    खेलकुदमा सामुदायिक विद्यालय अगाडि

    राष्ट्रपति पाँचौ रनिङ शिल्डमा पदक बिजेताहरुको मूल्याङ्कन गर्दा खेलकुदमा संस्थागत (निजी) भन्दा सामुदायिक (सरकारी) विद्यालयहरु अगाडि देखिएका छन्  । 
    प्रतियोगितामा पदक प्राप्त गर्ने १३ विद्यालयहरु प्रथमदेखि पाँचौ हुँदै पादक पाउने आठ वटा विद्यालयहरु सामुदायिक रहेका छन् । 
    छैटौ (संस्थागत पतर्m सबैभन्दा बढी) रेडस्टार बोर्डिङ स्कुल भएका छन् । रेडस्टारसँगै पाँच वटा संस्थागत विद्यलयले मात्र पदक जित्न सफल भएका छन् । 
    खालिहात घर फर्किने सात मध्ये पनि पाँच वटा संस्थागत र दुई वटा सामुदायिक विद्यालय रहेका छन् । यसरी हेर्दा खेलकुद क्षेत्रमा संस्थागत भन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरु उत्कृष्ट देखिएका छन् । 
    पथरीशनिश्चरे नगरमा ११ वटा सामुदायिक र १५ वटा संस्थागत विद्यालयबाट १९ वटा माविहरु प्रतियोगितामा सहभागी भएको आयोजक पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताए । 
    प्रतियोगितामा भलिबल (महिला, पुरुष), कबड्डी (महिला, पुरुष), एथलेटिक्स (दौड सयदेखि ४ हजार मिटरम्म), उफ्रने फ्याक्ने हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, मार्सल आर्ट कराँते र तेक्वान्दोमा चार, चार तौल समूहमा प्रतिष्पर्धा भएको थियो । 
    माघ १८ देखि २० गतेसम्म पञ्चायत माविको खेल मैदानमा भएको थियो । खेलकुद प्रतियोगितामा दुई सय बढी विद्यार्थी सहभागि भएको थियो । 
    प्रतियोगिताको उद्घाटन पथरीशनिश्चरे नगर १ नं. वडा अध्यक्ष भीमकुमार राईको सभापतित्वमा नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा भएको थियो । 
    कार्यक्रममा नगर शिक्षा बिभागका प्रमुख सालिग्राम काफ्ले, पञ्चायत मावि सञ्चालक समितिका अध्यक्ष युवाराज बास्कोटा, संविधान सभा सदस्य चण्डीप्रसाद राई, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश खड्का लगायतको उपस्थिति रहेको थियो । 

    समापनमा पनि नगर प्रमुख मोहोन तुम्बापोको हातबाट पदक तथा मेडल र प्रमाणपत्रहरु वितरण गरिएको थियो । 
    शिल्ड बिजेता बुद्ध मावि रहेको ८ नं. वडा अध्यक्ष नवीन कार्की, भलिबलमा दुवै स्वर्ण विजेता एभरेष्ट आमाविका संचालक÷प्रिन्सिपाल रबिन कङ्दङ्वा लगायत पदक विजेता विद्यालयका अभिभावकहरुको उपस्थिति रहेको थियो । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…

भूमिप्रसाद पाठक निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज आईतबार वडा नम्ब…

मोरङ । उद्यौली चाडको अवसरमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङको आयोजनामा आइतबार साकेला सि…