• मोरङ । मोरङको पथरीशनिश्चरे—६ मा आदिबासी जनजाति युवाहरुका लागि आयोजित उद्घोषण कला तालिम शनिबार समापन भएको छ । 
    नेपाल आदिबासी जनजाति महासंघ ६ नं. वडा समितिको आयोजनामा भएको तीन दिने तालिममा अर्जुन जम्नेली राईले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । राई र पञ्चायत माविका शिक्षकसमेत रहेका स्वतन्त्र (अनुभवि) पत्रकार केशव निरौलाले तालिम दिएका थिए । 
    बिभिन्न जातीय समुदायका ३० जना सहभागिता रहेको कार्यक्रम शनिबार वडा अध्यक्ष कृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा समापन भएको हो । समापन कार्यक्रममा नगर कार्यपालिका सदस्य पदम धिमाल, नेपाल आदिबासी जनजाति महासंघ नगर समितिका अध्यक्ष देबेन्द्र वनेम लिम्बु, नेपाल आदिबासी जनजाति महासंघ (फोनिज) मोरङ जिल्ला अध्यक्ष दिनेश सुब्बा लगायतले सहभागिहरुलाई थप सुझाव राखेका थिए । 
    आयोजक संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामकुमार चौधरीले सञ्चालन गरेका थिए । कार्यक्रममा तालिममा सहभागिहरुको तर्फबाट निश्चल राई, बिनिता तामाङले तालिम उपलब्धि मुलक भएको अनुभब सुनाएका थिए । तालिममा सहभागिता र प्रशिक्षकहरुलाई कदर पत्र प्रदान गरिएको थियो । तालिम वडाबाट लक्षित वर्गको लागि बिनियोजित बजेटबाट भएको आयोजकले जनाएको छ । 


     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…