• मोरङ । मोरङको पथरीशनिश्चरे—६ मा आदिबासी जनजाति युवाहरुका लागि आयोजित उद्घोषण कला तालिम शनिबार समापन भएको छ । 
    नेपाल आदिबासी जनजाति महासंघ ६ नं. वडा समितिको आयोजनामा भएको तीन दिने तालिममा अर्जुन जम्नेली राईले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । राई र पञ्चायत माविका शिक्षकसमेत रहेका स्वतन्त्र (अनुभवि) पत्रकार केशव निरौलाले तालिम दिएका थिए । 
    बिभिन्न जातीय समुदायका ३० जना सहभागिता रहेको कार्यक्रम शनिबार वडा अध्यक्ष कृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा समापन भएको हो । समापन कार्यक्रममा नगर कार्यपालिका सदस्य पदम धिमाल, नेपाल आदिबासी जनजाति महासंघ नगर समितिका अध्यक्ष देबेन्द्र वनेम लिम्बु, नेपाल आदिबासी जनजाति महासंघ (फोनिज) मोरङ जिल्ला अध्यक्ष दिनेश सुब्बा लगायतले सहभागिहरुलाई थप सुझाव राखेका थिए । 
    आयोजक संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामकुमार चौधरीले सञ्चालन गरेका थिए । कार्यक्रममा तालिममा सहभागिहरुको तर्फबाट निश्चल राई, बिनिता तामाङले तालिम उपलब्धि मुलक भएको अनुभब सुनाएका थिए । तालिममा सहभागिता र प्रशिक्षकहरुलाई कदर पत्र प्रदान गरिएको थियो । तालिम वडाबाट लक्षित वर्गको लागि बिनियोजित बजेटबाट भएको आयोजकले जनाएको छ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…