उर्लाबारीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सुरु भएकाे छ । उर्लाबारी नगरपालिकाकाे आयाेजना र राधिका मावि उर्लाबारी-६ काे व्यवस्थापनमा सुरु भएकाे प्रतियाेगिता तीन दिनसम्म चल्ने छ ।
आइतबार नगर प्रमुख गंगाप्रसाद खरेलकाे अध्यक्षता र प्रदेश सांसद उमाकान्त गाैतमकाे प्रमुख आतिथ्यतामा भएकाे उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरु शाेभा चेम्जाेङ पालुङ्वा र विद्या चाम्लिङ नगर उपप्रमुख मीना खतिवडा पाैडेललगायतकाे आतिथ्यता रहेकाे थियाे ।
प्रतियाेगितामा उर्लाबारीका २१ विद्यालयले सहभागिता जनाएकाे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताका सदस्य सचिव तथा राधिका माविका प्रधानाध्यापक कुमार पाेख्रेलले जानकारी दिनुभयाे ।