•  नगरपालिकाको ११ औं नगरसभाको अवसरमा उर्लाबारी–१ स्थित सिद्धार्थ एग्रीगेट प्रालि लाई सम्मान गरेको हो । आर्थिक वर्ष २०७८ – ०७९ देखि हालसम्म नियमित र सबैभन्दा बढी कर तिरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो ।

    सबैभन्दा बढी व्यवसायिक कर तिर्ने युवा व्यवसायी सचिन शाक्य अध्यक्ष रहेको सिद्धार्थ एग्रीगेट प्रालि  सम्मानित भएको हो । नगरसभाको अवसरमा सिद्धार्थ एग्रीगेटका प्रतिनिधि सुवास शाक्यलाई नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल र प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले दोसल्ला, माला लगाएर प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो ।

    सिद्धार्थ एग्रिगेटले क्रसर उद्योग सञ्चालन गरी बालुवा, गिटी, पेबल्सलगायतका निर्माण सामग्रीहरू उत्पादन गर्दै आएको छ ।  करप्रति नागरिकको उत्साह बढाउन सम्मान गरेको नगरपालिकाले जानकारी दिएको छ । करदातालाई सम्मान गर्दा कर तिर्नुपर्ने आवश्यकता नगरवासीले महशुस गर्ने अपेक्षा लिइएको नगरप्रमुख खरेलले बताउनुभयो । उर्लाबारी नगरपालिकाका सबै वडामा उद्योग, व्यवसाय, लघु तथा घरेलु उद्योग, कृषि, पशुपालन व्यवसाय सञ्चालनका लागि प्रेरित गरिरहेको उहाँको भनाइ छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…