•  पाकिस्तानमा आम निर्वाचन अघि भएको बिष्फोटमा परी २८ जनाको मृत्यु भएको छ । बलुचिस्तानको पिसिन र किला सैफुल्लाहमा बुधबार भएको विस्फोटमा कम्तिमा २८ जनाको मृत्यु भएको तथा ४० जना भन्दा बढी घाइते भएका हुन ।पाकिस्तानमा आमनिर्वाचन हुन लागेको एक दिन अगाडि यो घटना भएको हो । पाकिस्तानमा आज आम निर्वाचन हुदैँछ ।

    पाकिस्तानले भर्खरै आतंकवादमा वृद्धि भएको देखेको छ, विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा सुरक्षा चिन्ताहरू बढाउँदै ६ लाख ५० हजार भन्दा बढी सुरक्षाकर्मी आजको िनर्वाचनका लागि खटाइएको छ ।पहिलो विष्फोट क्वेटाबाट एक घण्टाको दूरीमा रहेको पिसिनको खानोजई युनियन काउन्सिलमा हिजो दिउँसो केही बेरमा भएको डान न्युजले जनाएको छ । 

    जिल्लाका उपायुक्त जुम्मादाद मन्डोखाइलले डन डट कमलाई भनेका छन कि, ‘पिसिन– १ बाट निर्वाचनमा उम्मेदवार रहेका स्वतन्त्र उम्मेदवार अस्फन्द्यार कक्कडको निर्वाचन कार्यालय बाहिर उक्त घटना भएको हो ।’

    उनका अनुसार १४ शव र २३ घाइतेलाई तहसील सदरमुकाम अस्पताल लगिएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा हबिब काकरले चार जना घाइतेको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १८ पुगेको बताए।

    उक्त क्षेत्रमा पार्किङ गरी राखिएको मोटरसाइकलमा विस्फोटक पदार्थ राखिएको डिसी मण्डोखाइलले बताए । प्रहरी, बम डिस्पोजल टोली र अन्य कानून प्रवर्तन एजेन्सीहरूले तुरुन्तै क्षेत्रलाई घेरा हालेर प्रमाण सङ्कलन गर्न थालेका थिए ।

    दोस्रो विष्फोट केही समयपछि किला सैफुल्लाहमा भएको बताइएको छ । जमियत उलेमा ए इस्लाम फजलको निर्वाचन कार्यालय बाहिर भएको उक्त घटनामा १२ जनाको ज्यान गएको र २० जना घाइते भएको उपायुक्त यासिर बजाइले बताए।बाजाईले पछि मृत्यु हुनेको संख्या १० मा परिमार्जन गरेका छन, उनका अनुसार गम्भीर व्यक्तिहरूलाई हेलिकप्टर मार्फत क्वेटा सारिएको थियो।

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…

मोरङ । दीप प्रज्वलन तथा सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै नेकपा–माओवादी केन्द्र पथरीशनिश्चरे नगर समित…