• आइसीसी क्रिकेट विश्वकप लिग-२ को (२०२३- २०२७) को साइकलका सिरिज आजदेखि शुरु हुदैछ ।२०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौँमा पहिलो सिरिज हुदै छ ।आइसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९- २०२३) मा पनि यहि फर्म्याटमा प्रक्रिया शुरु गरेको थियो ।

    लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।  आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।क्रिकेट विश्वकप लिग-२ को २०२३- २०२७ साइकलको शुरुवात नेपालबाट हुदै छ । आजदेखि काठमाडौँमा नेपालसहित नामिबिया र नेदरल्याण्डसले त्रिकोणीय सिरिजको शुरुवात गर्दै छन् ।

    आज पहिलो खेलमा नेपालको सामना नामिबियासँग टियु मैदानमा हुदै छ । यो खेल नेपाली समय अनुसार बिहान ९: १५ बजेदेखि हुदै छ ।नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि घोषणा गरेको टिममा दुई परिवर्तन गर्दै आफ्नो टिम बुधबार सार्बजनिक गरेको छ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग-२ खेल्ने टिममा समावेश गरेको हो । क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले लिग- २ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि टिममा फर्किने छन् । 
    लिग-२ को सिरिज खेल्ने नेपाली टिम- रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ ।

    खेल तालिका:
    फागुन ३ गते विहिबार– नेपालविरुद्ध नामिबिया
    फागुन ५ गते शनिबार- नेपालविरुद्ध नेदरल्यान्ड्स
    फागुन ७ गते सोमबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्स
    फागुन ९ गते बुधबार- नेपालविरुद्ध नामिबिया
    फागुन ११ गते शुक्रबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्स
    फागुन १३ गते आइतबार- नेपालविरुद्ध नेदरल्यान्ड्स  

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…