• काठमाडौं। राष्ट्रपतिको उम्मेदवार चयनका विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्दैछ।

    निर्वाचन आयोगले फागुन २९ गते राष्ट्रपतिको निर्वाचन हुने मिति सार्वजनिक गरेपछि एमालेले राष्ट्रपतिको उम्मेदवार चयनका विषयमा छलफल गर्न आज बैठक बोलाएको हो। निर्वाचन आयोजका अनुसार राष्ट्रपति निर्वाचनका लागि २३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

    एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डा अनुसार राष्ट्रपति एमालेको भागमा परेको छ भने उपराष्ट्रपति माओवादी केन्द्रको भागमा परेको छ। एमालेको भागमा परेको राष्ट्रपतिको नाम टुंग्याउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन्।

    वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफू  नै राष्ट्रपति दोहोरिने इच्छा व्यक्त गरेकी छन्। जसमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सकारात्मक छन्। तर, एमालेभित्र वरिष्ठ नेता झलनाथ खनाल राष्ट्रपतिका प्रवल दाबेदार हुन्।

    उनले राष्ट्रपतिकालागि आफू इच्छुक रहेको बताउँदै आन्तरिक लविङमा समेत लागेका छन्। संघीय संसद र प्रदेश संसदका सांसद राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले त्यसकालागि वाम गठबन्धनसँग स्पष्ट बहुमत छ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…