• काठमाडौं, ७ फागुन । नेपाल प्रेस युनियनले नेपाली कांग्रेसको महासमिति बैठकमा संगठनका तर्फबाट संस्थागत सहभागिता नहुने जनाएको छ ।  युनियनका अध्यक्ष शिव लम्सालले विज्ञप्ति जारी गर्दै संगठनबाट महासमिति सदस्यमा मनानीत गर्दा विधान मिचेको र युनियन केन्द्रीय समितिको अधिकारमाथि नै हस्तक्षेप गरेको भन्दै महासमिति बैठकमा सहभागी नहुने बताएका हुन् ।

     

    ‘नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यको समेत पर्वाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासंगिक र अनधिकृत निर्णय गरिएकोप्रति युनियनको गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि गरिएको हस्तक्षेप हामीलाई कदापि स्वीकार्य छैन ।’

    पार्टीको निर्वाचन समितिको निर्णयले लामो समयदेखि कायम रहेको प्रेस युनियन र कांग्रेसबीचको शुभेच्छुक सम्बन्धलाई नै बिथोल्न खोजेको आरोप युनियनले लगाएको छ ।

     

    ‘निर्वाचन समितिको अक्षमता र विधानको गलत व्याख्या गरी गरिएको निर्णयप्रति घोर भत्सर्ना जनाउँदै यथास्थितिमा नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाल प्रेस युनियनको संस्थागत उपस्थिति नरहने व्यहोरा जानकारी गराउँछौँ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अलोकतान्त्रिक निर्णयविरुद्ध गोलबद्ध हुन र प्रेस युनियनको गरिमामाथि गरिएको प्रहारको यथोचित प्रतिवाद गर्न आह्वान गर्दछौँ ।’

     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…