• मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित रेडस्टार बोर्डिङ स्कुलको २८ र्औ बार्षिक उत्सव कार्यक्रममा ‘हेच्छाकुम्पा’ नाटक प्रदर्शन लगायत बृहत सांगीतिक, सांस्कृतिक कार्यक्रम गर्दै दुई दिनसम्म बार्षिक उत्सव मनाएको छ । 
    रेडस्टार बोर्डिङ स्कुलले बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा बिद्यार्थी कलाकारको अभिनयमा हेच्छाकुप्पा नाटक प्रदर्शन, नृत्य, गीत, प्रहर्शन, उदघोषण तथा बत्तित्व कला प्रदर्शन, कक्षा ११ का विद्यार्थीलाई स्वागत, पुरस्कार वितरण गर्दै दुई दिनसम्म भब्य कार्यक्रम गरेको छ । 
    आइतबार कक्षा कक्षा १ देखि ५ र सोमबार विहान नयाँ विद्यार्थीहरुका लागि स्वागत, अपरान्ह कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थी तथा अभिभावकको उपस्थितिमा नाटक हेच्छाकुप्पा तथा बिभिन्न सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम गरेर उत्सव मनाएको हो । 
    पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पञ्चायत मावि सञ्चालक समिति अध्यक्ष युवराज बास्कोटा, भागिरथ मावि सञ्चालक समिति अध्यक्ष पर्शुराम कार्की, लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक गणेश बाछाना राई, फोनिज केन्द्रीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राई, नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराई, फोनिज मोरङ जिल्ला अध्यक्ष दिनेश सुब्बा, नगरको सूचना सम्पादक सन्तोष राई लगायतको उपस्थिति रहेका थिए । 
    रेडस्टार बोर्डिङ स्कुलका प्रिन्सिपल टिएन तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक बिजय डाँगी, राजु तिम्सिना, सुजन बास्तोला लगायत आयोजकहरुको सक्रियतामा दुई दिनसम्म कार्यक्रम भएको थियो । 
    आइतबार किराती मिथकमा आधारित नाटक ‘हेच्छाकुप्पा’ प्रदर्शन भएको थियो । जिवन बरालद्वारा निर्देशित नाटकले उपस्थित अभिभावक, विद्यार्थी लगायतका दर्शकलाई भाबुक बनाएको थियो । हेच्छाकुम्पा यो भूगोलको सभ्यता, इतिहाससँग जोडिएको किराती समुदायका मिथकमा आधारित कथा हो । यही नाटकले राष्ट्रब्यापी नाटक प्रतियोगितामा स्कुलको तर्फबाट बेष्ट कल्चरल अवार्ड जितेको थियो । रेडस्टार बोर्डिङ स्कुलले एइई तथा कक्षा १२ र व्यवस्थापनतर्फ स्नातक तहमा प्रदेश तथा देशमै उत्कृष्ट अंक ल्याएर किर्तिमान समेत राख्दै आएको छ । 

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…