• मोरङ । मोरङको पथरीशनिश्चरे—७  किर्तिपुरमा स्थापित बालकल्याण मावि व्यावस्थापन समितिको अध्यक्षमा लेखनाथ लुइटेल (प्रताप) निर्वाचित भएका छन् । 
    स्थानीय अभिभावकले चार जना निर्वाचित गरेको, पथरीशनिश्चरे नगरपालिकाले पठाएको दुई, वडा अध्यक्ष र प्रधानाध्यापकको बैठकले सोमबार लुइटेललाई अध्यक्षमा सर्वसहमत चयन गरेको हो । 
    अभिभाकले निर्वाचित गरेको र नगरले शिफारिस गरेका माध्ये जेष्ठ सदस्य कपिलमणी ढकालको अध्यक्षतामा बसेको पहिलो बैठकले लेखनाथ लुइटेललाई अध्यक्ष चयन गरेको हो । 
    समितिको सदस्यहरुमा कमला सुवेदी, सीता खतिवडा, सोभित थापा, हुमादेवि थापा, रामसागर मण्डल रहेका छन् । पहिलो बैठकमा ७ नं. वडा अध्यक्ष उद्धप थापासमेत उपस्थिति रहेका थिए । विद्यालयमा रोहिणीप्रसाद घिमिरे प्रधानाध्यापक रहेका छन् । 
    विद्यालयमा सात महिनादेखि विद्यार्थीका लागि सरकारले दिदै आएको खाजा वितरण नगरेको, शिक्षकहरुले आफ्ना छोराछोरी निजी स्कुलमा पठाएर पठनपाठन राम्रो नगरेको, शिक्षक शिक्षिका नियमित विद्यालय नआउने गरेको लगायतको बिषयमा अभिभावकहरुले विद्यालय घेराउ गर्दै आएका थिए । बिद्यालय प्रशासन जिम्मेवार नभएको भन्दै शिक्षक र विद्यार्थी नारा जुलुस तथा घेराबन्दी गर्दै आएका थिए । 
     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…