• मोरङ । इतिहासको तथ्य अनुसार संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई कायम नगरे फोनिजले नेपाल पत्रकार महासंघको कार्यालयमा देशभर एक साथ ताला लगाउने चेतावनी दिएको छ । 
    नेपाल पत्रकार संघ २००८ सालमा सत्यनारायण बहादुर श्रेष्ठको अध्यक्षतामा गठन भएको थियो । एक बर्ष अघि २००९ सालमा भएको भेलाबाट पुन श्रेष्ठकै नेतृत्वमा नयाँ समिति पुन गठन भएको थियो । 
    केही बर्ष निस्क्रिय भएपछि सोही संगठन २०१२ सालमा कृष्णप्रसाद भट्टराई (पूर्ब प्रधानमनत्री÷सभामुख)को सभापतित्वमा नेपाल पत्रकार संघ पुन गठन भएर सक्रिय भएको थियो । पछि सोही संघ नेपाल पत्रकार महासंघको रुपमा स्थापित भएको इतिहास छ । 
    पत्रकार महासंघको दस्तावेजहरुमा स्थापित मिति २००८ साल मानेपनि संस्थापक अध्यक्ष श्रेष्ठ हुनुपर्नेमा कृष्णप्रसाद भट्टराईलाई मान्न थालिएपछि नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक मान्नुपर्ने माग गर्दै आन्दोलन गर्दै आएको छ । 
    पत्रकार महासंघको सयौ दस्तावेजहरुमा स्थापित मिति २००८ र संस्थापक श्रेष्ठ भएको प्रमाणहरु रहेपनि बिभिन्न कार्यक्रम तथा पछिल्लो केही मुखपत्रहरुमा इतिहास बङ्याउदै भट्टराईलाई सभापति मानेको भन्दै सहि इतिहासलाई मान्यता नदिए देशभरको कार्यालयमा एक साथ ताला लगाउने फोनिजले चेतावनी दिएको छ । 
    इतिहास सच्याउन माग गर्दै आज (फागुन १५) फोजिनले आज देशैभरबाट महासंघलाई ज्ञापन पत्र बुझाउदै सुनुवाइ नभए कार्यालयमा ताला लगाइने चेतावनी दिएको हो ।
    यसै क्रममा फोनिज १ नं. प्रदेश समितिले बिराटनगर स्थित पत्रकार महासंघ प्रदेश समितिका महासचिव बिबेक गौतमलाई ज्ञापन पत्र बुझाएको हो । 
    फोनिज प्रदेश अध्यक्ष शन्तविर लामा, संघीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राई, प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, सल्लाहाकार फिपराज बेघा, सदस्य अर्जुन कुलुङ राई, बाबराम मुडियारी, मोरङ जिल्ला अध्यक्ष दिनेश सुब्बा लगायतको टोलीले ज्ञापन पत्र बुझाएका हुन् । 
    ज्ञापनपत्र बुझ्दै महासंघका महासचिव बिबेक गौतमले बिषय संघीय समितिमा पठाउने र प्रदेशको तर्फबाट प्रयास गर्ने बताए । 
    आजै फोनिज मोरङले नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराई, सचिव नेत्रपी अधिकारीलाई यसैगरी ज्ञापन पत्र बुझाएका थिए । कार्यबाहक अध्यक्ष भट्टराई, सचिव अधिकारीले बिषय केन्द्रीय समितिलाई पठाउने र समस्या समाधानको लागि पहल गर्न बताएका थिए । 
    मोरङमा जिल्ला अध्यक्ष दिनेश सुब्बा र सचिव अनिल श्रेष्ठको नेतृत्वमा ज्ञापन पत्र बुझाएका थिए । संघीय समितिका अध्यक्ष गजुरधन राईको नेतृत्वमा महासंघमा, प्रदेशहरुमा प्रदेश समितिको साथै हरेक जिल्ला जिल्लाबाट ज्ञापन पत्र बुझाएका हुन् । 
    ज्ञपान पत्रमा हप्ता दिनभित्र तथ्य इतिहास कायम नगरे नेपाल पत्रकार महासंघको देशैभर कार्यालयहरुमा ताला लगाइने चेतावनी दिइएको छ  । 
     

सम्वन्धित समाचार

मोरङ । नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न जाँदै गरकी मोरङ पथरीशनिश्चरे नगरकी रिजु भट्…

मोरङ । तालिम प्राप्त कुकुरहरु प्रयोग गरेर मोरङको पथरी बजारमा अबैध लागु औषध खोजि गर्ने क्रममा एक जना पक्रा…

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको ‘प्रथम पथरीशनिश्चरे पञ्जा …

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा ‘प्रथम पथरीशनिश्चरे पञ्जा लडाइ …