• मोरङ । मोरङको पथरीशनिश्चरे—७  र ४ नं. वडाको वीचमा पर्ने किर्तिपुर बजारमा आज अस्थायी प्रहरी चौकी स्थापना भएको छ । 
    नगरको ७, ४, ५ नम्बर वडा क्षेत्रको सुरक्षालाई ख्याल गरेर प्रहरी चौकी स्थापना भएको हो । पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यतामा भएको चौकी स्थापना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्की, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख गणेश प्रधान लगायतको उपस्थिति रहेको थियो । 
    नगर ७ नं. वडा अध्यक्ष उद्धप बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा ५ नं. वडा अध्यष चेतेन्द्र खड्का, पूर्ब वडा अध्यक्षहरु गोबिन्द भण्डारी, कपिलमणि  ढकाल, सदस्य विरोज मगर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम ४ नं. वडा अध्यक्ष लोककिरण न्यौपानेले सञ्चालन गरेका थिए । 
    अस्थायी प्रहरी चौकी किर्तिपुर लेखिएको बोर्ड नगर प्रमुख तुम्बापो र एसपी कार्कीले खोलेर उद्घाटन गरका थिए । उद्घाटनपछि नगर प्रमुख तुम्बापोले सुरक्षा व्यवस्था कडा बनाउन फटाहा गर्नेहरुलाई अभिभावक आफै लागेर जोगाउन नहुने बताए । 
    एसपी कार्कीले शान्ति सुरक्षा कायम गर्न पहिला प्रहरी सुरक्षीत हुनुपर्ने भएकोले प्रहरीलाई सहयोग गर्न स्थानीयबासीलाई आग्रह गरेका थिए । 
    किर्तिपुरमा प्रहरी सहायक निरीक्षक (असई) रामदेव मेहेताको कमाण्डमा, प्रहरी हवल्दार भुपराज खड्का लगायत पाँच जना प्रहरी रहनेगरी चौकी स्थापना भएको हो । आस्थायी प्रहरी चौकीमा आएका प्रहरी टोलीलाई खादा र टिका लगाएर स्थानीयबासीले स्वागत गरेका थिए । प्रहरीलाई तत्कालको लागि किर्तिपुर बजारमा बनेको दुई तले पक्कि भवनमा स्थापना गरिएको हो । 
    पथरीशनिश्चरेको लागि स्वीकृत भएर आएको अस्थायी प्रहरी चौकी वडा नं. ८ लगायतको बिभिन्न स्थानमा राख्ने बिषयमा बिवादहुँदै आएका थिए । पछिल्लो समयमा प्रहरीको माथिल्लो निकायबाटै निर्णय भएर आएपछि किर्तिपुरमा स्थापित गरिएको बुझिएको छ । किर्तिपुरसहित नगरमा एउटा इलाका प्रहरी कार्यालय, एउटा प्रहरी बेस क्याम, भुटानी शरणार्थी शिविरसहित दुई वटा शसस्त्र प्रहरी क्याम र चार वडा प्रहरी चौकी भएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः न…

मोरङ । मुक्कुमलुङमा नो केवलकार आन्दोलनको क्रममा प्रहरीले छातिमा गोली हानेर घायते बनाएका सगुन लाओतीसहित …

मोरङ । संघीय गणतन्त्र रक्षाको लागि पहिचानवादी शक्तिले एक लाख युवा तयार गनुपर्ने प्रस्ताव भएको छ ।  क…

मोरङ । कोशी नाम खारेजी आन्दोलनका प्रथम सहिद पदमकुमार लिम्बू –लाजेहाङ)को भोली (फागुन १०) स्मृति सभ…