उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विदाई तथा नयाँको स्वागत कार्यक्रम बुधबार भएको छ ।नगरपालिका प्रमुख गंगाप्रसाद खरेलले नयाँलाई फुल गुच्छाले स्वागत र पुरानालाई खादा र टिका सम्मानसहित विदाई गर्नुभएको हो ।
उर्लाबारी नगरपालिकामा गत साउनबाट प्रशासकीय अधिकृतका रुपमा काम गर्नुभएका निरौला सरुवा भएर कोशी प्रदेश मुख्यमन्त्री कार्यालय जानु भएको छ । यस्तै, नयाँ प्रशासकीय अधिकृतको रुपमा सुनसरीको दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी सरुवा भएर आउनु भएको छ ।
नगर प्रमुख खरेलको सभापतित्वमा भएका छुटछुट्टै स्वागत तथा बिदाई कार्यक्रममा उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखलगायत कर्मचारीहरुले उहाँहरुलाई स्वागत तथा विदाई गर्नुभयो । सो अवसरमा नगर प्रमुख खरेल, उपप्रमुख पौडेल, प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, अर्जुन निरौला, वडा नम्बर ८ का वडाध्यक्ष कुलबहादुर कार्कीलगायतले मन्तव्य राख्नुभएको थियो ।