• मोरङको पथरीशनिश्चरे—७  स्थित लामाटोली बजारमा १५ बर्षिय किशोरीलाई छप्काउन (काट्न, हत्या गर्न) प्रयोग भएको खुकुरी प्रहरीले खोलाको दह भित्रबाट फेला पारेको छ । खुकुरीको दाप भने हत्या भएकै रात प्रहरीले घट्ना स्थल निजकै फेला पारेको थियो । 
    गएको फागुन २१ गते राति करिव साढे १० बजे (राति) १५ बर्षिया किशोरी ज्ञानमति थुुलुङ राईको घाँटी र पाता पातामा खुकुरीले काटेर विभत्स हत्या भएको थियो । हत्याको आरोपी सोही राति करिव २ बजे बेलबारीको लक्ष्मीमार्ग स्थित मुख्य सडकमा पैदल हिडिरहेको अवस्थामा धिरेन चौधरी पक्राउ परेका थिए । 
    पक्राउ परेका चौधरीको बयानको आधारमा आज (फागुन २६) घट्ना स्थल पूर्बमा रहेको गुहेहोली (खोला)को दह भित्रबाट खुकुरी फेला परेको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।
    पथरी स्थित पञ्चायत माविको कक्षा ७ मा अध्ययन गर्दे आएका किशोरी राईलाई चौधरीले रामबहादुर मगर फेसबुक आइडीबाट बैदेशिक रोजगारी दुवाई हुँदै अविबाहित मगर हुँ  भन्दै प्रेममा पारेका थिए । नेपाल आएर किशोरीलाई बिबाह गर्न भन्दै भारत छिराउने क्रममा जोगबनीमा असार १३ गते प्रहरी र गैरसरकारी संस्थाले नियान्त्रमा लिएका थिए । 
    श्रीमाती छोराछोरी भएका चौधरीले जोगबनीबाट फर्काएपछि पनि ज्ञानमतीलाई पटक पटक सम्पर्क गर्न खोजेका थिए । 
    किशोरीलाई कुखुरी प्रहार गरेर हत्या भएको केही समयपछि देखि नै घट्ना क्रम अनुसार धिरेन चौधरी प्रहरीको शंकाको घेरामा परेका थिए । घट्ना राति १० बजे भएपनि जिल्ला प्रहरी प्रमुख एसपी नवराज कार्की राति नै पथरी आएर अनुसन्धान थालेका थिए । अनुसन्धानको लागि राति नै कुकुर मगाएर शंकास्पद अपराधिको खोजीमा तिव्र रुपमा लागेका थिए । 
    पथरीबाट एपी कार्कीको टोली विराटनगर फिर्ने क्रममा बेलबारी लक्ष्मीमार्ग पुग्दा पैदल हिड्दै गरेका शंकास्पद व्यक्ति धिरेन चौधरी पक्राउ परेका थिए ।
    पक्राउ परेका चौधरी नाम कटुवामा परेका भूपू प्रहरीको सिपाइ हुन् । चौधरीले तत्काल अभियोग स्वीकार नगरेपनि उनले प्रयोग गरेको नेपाल टेलिकम र एनसेल नम्बरको मोबाइलन लोकेसन फागुन २१ गते (घट्ना भएको दिन) १२ बजे विर्तामोड, २ बजे मोरङ उर्लाबारी मंगलबारे र ३ बिजेदेखि नै पथरीशनिश्चरे ७ लामाटोली (घट्ना स्थाल)मा देखिएको प्रहरीले जनाएको छ । 
    किशोरी हत्या भएकै राति खुकुरीको दाप फेला परेको र चौधरीको बयानको आधारमा खोलाको दह भित्रबाट दापमा मिल्ने खुकुरी फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी गणेशबहादुर श्रेष्ठले बताए । 
    अनुसन्धानको क्रममा अभियुक्त चौधरीलाई बयान लिने क्रममा घट्ना स्थालमै लगेर कहाँ फालिस भनेर प्रस्न गर्दा उनले गरेको इसारा अनुसार खोजि गर्दा खुकुरी फेला परेको प्रहरी श्रोतले जनाएको छ । 
    चौधरीले खोला दहमा खुकुरी फालेको भनेपछि शनिबार (२६ गते) स्थानीय जनप्रतिनिधि (वडा अध्यक्ष) उध्धप बस्नेत, संचारकर्मी तथा स्थानीय व्यक्तिहरु सहितको उपस्थितिमा खुकुरी खोजि गरिएको थियो । अभियुक्तले फालेको भनेको स्थानमा बाँसको टुप्पाको लाठीले छाम्दै र प्रहरीहरु दहमा पसेर खोजि गर्दा खुकुरी फेला परेको प्रहरीले जनाएको छ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…