• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा शनिबार जनस्वास्थ्यसँग सम्बन्धित प्रभावकारी अभिमुखीकरण कार्यक्रम समापन भएको छ । 
    दादुरा रुबेला खोप चैत्र २९ देखि बैशाख ७ गतेसम्म ९ महिना माथि १५ बर्ष मुनिका बाल बालिकाहरुलाई अनिवार्य लगाउन नगरमा खोप अभियान सञ्चालन गर्न लागिएको कार्यक्रममा जानकारी दिइएको थियो । 
    कार्यक्रममा सहजीकरण प्रदेश स्वास्थ्य मन्त्रालयका अधिकृत भरत भण्डारीले विश्वमा आएको स्वास्थ्य चुनौती र सामना गर्ने साझा प्रतिबद्धताहरु, नेपालको संविधान र कानूनले व्यवस्था गरेको निशुल्क स्वास्थ्य उपचारसँग सम्बन्धित ऐन, नीति नियम तथा कार्यान्वयनको स्थिति बारे प्रभावकारी रुपमा सुझाएका थिए । 
    भण्डारीले हरेक स्थानीय तहमा एउटा अस्पताल बनाउने व्यवस्था संघीय राज्य व्यवस्थाको सुन्दर पक्ष भएको, आधारभूत स्वास्थ्य सेवा स्थानीय तहका सरकारलाई जिम्मा लगाइएपनि प्रभावकारी रुपमा टिकाउन कठिनाइ भइरहेको बारे उदाहरणसहित जानकारी गराएका थिए । अस्पताल आएपनि मासिक १ लाख ८० हजारदेखि ३ लाखसम्म तलव दिएर डाक्टर राख्न हरेक पालिकामा समस्या भएर गलगाँड भइरहेको रिर्पोटहरु आइरहेको भण्डारीले बताएका थिए ।
    स्थास्थ्य र उत्पादनशील जनशक्ति भए मात्र देशमा शान्ति, संमृद्धि संभव हुने भएपनि आम नेपालीको स्वास्थ्य प्रतिके बेवास्ता (आनिबानी) र आर्थिक कठिनाइको कारण उदेश्य पुरा हुन नसकिरहेको भण्डारीले तथ्याङ्क पेश गरेका थिए । 
    नवजात शिसु, बाल तथा मातृ मृत्युदर घटाउने सरकारको योजना पूर्ण रुपमा सफल हुन नसकेको, पूर्ण खोप घोषणा गरेपनि अझै कार्यान्वयनमा चुनौती आइरहेको लगायत बारे सहजकर्ता भण्डारीेले उपस्थित सहभागीहरुलाई प्रष्टसँग बुझाएका थिए । 
    कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरको स्वास्थ्य बिभाग प्रमुख मुरारी आचार्य, जगत मगर, स्वास्थ्यकर्मीहरु, सञ्चार कर्मी लगायत सामाजिक तथा राजनीतिक व्यक्तिहरुको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम समापन भएको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…

भूमिप्रसाद पाठक निल डेभिड हेयर एण्ड व्युटी सेलुनको ८ औं वार्षिकोत्सव सम्पन्न भएको छ। आज आईतबार वडा नम्ब…

मोरङ । उद्यौली चाडको अवसरमा किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङको आयोजनामा आइतबार साकेला सि…

मोरङ । नेकपा माओवादी केन्द्रको मोरङ पथरीशनिश्चरे नगर—९ नं. वडा समितिको शनिबार भएको दोस्रो सम्मेलनल…