• मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सांसद डा. सुनिल शर्माले पूर्वी नेपालमा बसोवास गर्दै आएका धिमाल जातिहरूको लागि आवश्यक सहयोग गर्ने बताएका छन्। मोरङको पथरी शनिश्चरेमा धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिको शनिवार कार्यालयले आयोजनामा गरेको चौथो चिचिरी (गेन्द्रो) दिवसको उद्घाटन गर्दै उनले धिमाल परिकार समेत भोजन गरेका थिए।

    अघिल्लो वर्ष झैँ यस वर्ष पनि धिमाल जातिय विकास केन्द्र केन्द्रीय समितिले यस वर्ष  पथरीमा यस जातिका मौलिक खाना, संस्कतिको प्रचारप्रसार र प्रवर्धनका लागि  यस वर्ष पथरी शनिश्चरेको शान्ति भुल्के सिमसार तथा पर्यटकीय स्थलमा संस्कृति, मौलिकता र स्वस्थ खाना भन्ने नाराका साथ आयोजना गरिएको धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिका सह अध्यक्ष तथा कार्यक्रम संयोजक केदार धिमालले बताए। 

    उनले धिमाल जातिको मौलिक खानाहरु चिचिरी, गेन्द्रो, तोले, चुदुर, पायाको बिहा, गोरा, हाया लगायतका विभिन्न लोपन्मुख मौलिक खाद्य (परिकारहरुका स्टलहरू मात्रै  राखिएको जनाए। सो दिवस यसअघि दमकमा पहिलो, उर्लाबारीमा दोस्रो र बेलबारीमा तेस्रो संस्करण सम्पन्न भएको थियो भने आगामी वर्ष लेटाङ्ग नगरपालिकाले आतिथ्यतामा गर्ने लेटाङ्ग नगरपालिकाका प्रमुख भुपेन्द्र लावतीले उद्घोष गरेका थिए।

    उक्त कार्यक्रममा लोकप्रिय गायिका रचना रिमालका साथै स्थानिय कलाकारहरुको प्रस्तुति समेत रहेको थियो।  

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…