•  सिरहामा आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।सिरहाको गोलबजार नगरपालिका ६ का महेन्द्र कुमार साहकी श्रीमती करिव ३५ वर्षिय अनिता कुमारी साहको धारीलो हतियार प्रयोगरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

    स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको साह दम्पतीमात्र घरमा रहेको बेला धारीलो हतियारले गर्दन काटीएको र सिलौटो टाउकोमाथि बजारीएको अवस्थामा घरभित्र सुत्ने खाटनजीकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। 

    घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। धनुषाको लालगडबाट ल्याएको प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ। प्रहरीले उनको घर नजीकै रहेको गोठको नादीबाट खुकुरी बरामद गरेको छ।

    राती अवेर अनिताको श्रीमान महेन्द्र आत्तिएर बाहिर आएको थाहापाएपछि छिमेकीले घटनाबारे जानकारी पाएका थिए। साह आत्तिएर वेहोस भएपछि छिमेकीले नै उनलाई अस्पताल पुर्याए लगतै घटनाबारे प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। 

    महेन्द्र साह यस अघि पनि आपराधीक घटनामा जेल परेको  स्थानीयले बताएको छ। घटनामा श्रीमान संकाको घेरमा रहेको वताइएको छ। उनीहरुको एक छोरी र दुई जना स–साना छोराहरु छन्।

सम्वन्धित समाचार

काठमाडौ । सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई …

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको लिखिुपके गाउँपालिकाका पालिका सभापति राम चन्द्र बस्नेत पक्राउ…

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक…

काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्न आज अपराह्न ५ बजे ब…