• मोरङ । मानव स्वास्थ्यमा गम्भीर असर पार्दै आएको डम्पिङ साइड तुरुन्त व्यवस्थापन नगरे पथरीशनिश्चरे नगरपालिका घेराउ गर्ने स्थानीय वन कर्मीहरुले चेतावनी दिएका छन् । 
    सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगर समितिले आज (आइतबार) आयोजित डम्पिङ साइड, डढोलो नियन्त्रण तथा वन व्यवस्थापन सम्बन्धि परामर्श गोष्ठी कार्यक्रममा सो चेतावनी दिएका हुन् । 
    पथरीशनिश्चरे—१०, स्थित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको सभा हलमा आयोजित कार्यक्रममा महासंघमा आबद्ध नगरको १० वटा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी सदस्यहरु सहभागी रहेका थिए । 
    पथरीशनिश्चरे र कानेपाखरी पालिकालाई १० बुँदे ज्ञापन पत्र समेत बुझाएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगर समिति अध्यक्ष मैनादेवी आचार्यको सभापतित्वमा भएको कार्यक्रमा पथरीशनिश्चरे नगर कार्यपालिका सदस्यहरु लोककिरण न्यौपाने, जीवन खतिवडा, कानेपोखरी गाउँपालिका सदस्य खड्ग बस्नेतलाई सामुहिक रुपमा ज्ञापन पत्र बुझाएका हुन् । 
    ज्ञापन पत्रमा पथरीशनिश्चरे र कानेपोखगरी पालिकाको डम्पिङ साइड वन क्षेत्रलाई बनाउने र जथाभावी जलाउने कार्यले मानव स्वास्थयमा मात्र नभएर जंगली जनावर र पंक्षीहरुसमेत विस्थापित हुँदै आएको, पानीको मुहान फोहोर भएको, कार्वन उत्सर्जव वृद्धि भएको उल्लेख छ । 
    कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश महासचिव रेनुका दाहाल, सदस्य अग्नी पौडेल जिल्ला अध्यक्ष कृष्ण लुँइटेल, उपाध्यक्षसमेत रहेका डाँस मोरङ्गी साबउसका अध्यक्ष मदन पोख्रेल लगायतको उपस्थिति रहेको थियो । 

    कार्यक्रममा पालिकाले वन पैदावर बिक्रीको १० प्रतिशत कर घटाएर बाह्य बिक्रीमा मात्र लगाउनु पर्ने, वन पैदावरबाट बार्षिक ३० लाख कर संकलन गरेपछि भूक्षय तथा डढेलो नियन्त्रण,  स्वच्छ वातावरण, डाँसखोला च्यानलाइज लगायतको काम गर्नुपर्ने उल्लेख छ । 
    कार्यक्रममा शसस्त्र, जनपद प्रहरी अधिकृतहरु, सव डिभिजन वन कार्यालय कानेपोखरी र पथरीका प्रमुखहरु अलाउदिन मिया, दिवस चौधरी लगायतको  उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…