•  मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखाका प्रमुखले गोप्य रुपमा शिक्षिकासँग राखेको यौन प्रस्ताव बाहिरिएको छ ।
    शिक्षा शाखा प्रमुख वेगबहादुर काफ्लेले सरुवा मिलाउने तर सरुवा गरेबापत आफूसँग यौन सम्बन्ध राख्नुपर्ने दुई जनाको गोप्य कुराकानी बाहिरिएको हो ।
    प्रावि तहका ती शिक्षिकालाई अघिकृत काफ्लेले घर पाएक सरुवा गरिदिने यस बापत यौन सम्पर्क गर्नुपर्ने प्रस्ताव राखेका थिए । शिक्षिका मोरङ बाहिरबाट घर पायक आउन चाहेको कुराकानीबाट बुझिन्छ ।
    काफ्लेले सरुवा हुनुअघि नै काम हुनुपर्ने सिधा कुरा राखेको स्कृतसटमा देखिन्छ । बिबाहित शिक्षिकाले भने आफूबाट यौन कार्य नहुने बरु सरुवा गरे बापत कति रकम लाग्छ हस्बेनसँग कुरा गरेर रकम दिने कुरा गरेको फेसबुक म्यासेन्जरमा देखिन्छ । शिक्षिकाले यसो भन्दा सेक्स फाल्टै हो, सरुवाको रकम फाल्टै हो, सेक्स र सरुवाको छुट्टा छुट्टै कुरा भनेको कुराकानीमा उल्लेख छ । 
    शिक्षिकाले म त्यस्तो मान्छे होइन भन्दा शिक्षा शाखाका अधिकृत वेगबहादुर काफ्लेले भने ती महिलालाई रोमन (अग्रेजी लेटर)मा सेक्स नहुने नै हो ? भनेर प्रस्न राखेको स्कृतसट बाहिरिएको हो । 
    बिबाहित शिक्षिकाले अस्वीकार गरेपनि पटक पटक यौन प्रस्ताव गरेको १८ वटा स्कृन सटहरु बाहिरिएको हो । यौन प्रस्ताव शिक्षिकाले अस्वीकृत गरेपछि अधिकृत काफ्लेले महिलाको फेसबुक खाता ब्लक गरेको बुझिएको छ ।
    रातोकलम अनलाइको सम्पर्कमा शिक्षा शाखा प्रमुख काफ्लेले भने तीन बर्ष अघिको बिषय प्रतिशोधको आधारमा बाहिर ल्याएको बताएका छन् । मोबाइल कुराकानीमा काफ्लेले ती शिक्षिकासँग चिनजान नै नभएको दाबी गरेका छन् । 
    शिक्षिकासँग यौन प्रस्तावको बिषय बाहिर आउन थालेपछि शिक्षा शाखा प्रमुख काफ्ले तनावमा परेको र शुक्रबारदेखि कार्यालय नआएको एक जनप्रतिनिधिले जनाएको छ । 
    कानेपोखरी गाउँ पालिकामा एकलौटी बहुमत रहेको एमालेमा दुई खेमा भएकोले कुनै पक्षले बाहिर ल्याएको हुन सक्ने एक स्थानीयबासीले जनाएको छ । शिक्षा बिभाग प्रमुख काफ्लेलाई एक पक्षले समार्थन र अर्को पक्ष काफ्लेको काम तथा व्यवहारदेखि आजित भएको बुझिएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन “प्याब्सन” पथरी शनिश्चरे नगर कार्यसमितिको शनिबार …

मोरङ । मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ को मुसहरघट्टालाई पथरी जेसीजले जेसीज गाउँ घोषणा गरेको छ । …

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समिति मोरङले दुई पत्रकार लग…

मोरङ । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश मन्त्री र सांसदहरुला…