• मोरङ । पहिचान आन्दोलनको साझा सहिद पदमकुमार लिम्बू (लाजेहाङ)लाई आज सलामी दिइने भएको छ । 
    कोशी नाम खारेजी आन्दोलनमा प्रहरीसँग भएको झडपमा परी मृत्यु भएको आज एक बर्ष पुगेको अवसरमा सलामी दिइन लागेको हो । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले आज मोरङ बेलबारी—३ स्थित लाजेहाङको समाधी स्थलमा स्मृति सभाको आयोजना हुँदैछ । 
    स्मृति सभाको साथै लिम्बुवान भेलेन्टियर्सले सालामी दिने कार्यक्रम रहेको संयुक्त संघर्ष समितिको मोरङ सहसंयोजक डम्बर कुरुम्बाङ लिम्बूले जानककारी दिए । 
    लिम्बुवान भोलेन्टियर्सका राजु चोङबाङ, दिनेश खालिङ राईको नेतृत्वमा १२ जनाको टोलीले सलामी दिने कुरुम्बाङले बताए । सलामीसँगै समाधी वरिपरी वृक्ष रोपनको साथै स्मृति सभा र रचना वाचन कार्यक्रम राखिएको सहसंयोजक डम्बर कुरुम्बाङ लिम्बूले जानककारी दिए । 
    कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, उपमहासचिव अर्जुन जम्नेली राई, जनता समाजवादी पार्टीका नेता केदार धिमाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिलु लिङ्देन लगायतका नेताहरु सहभागीहुने बताइएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…