• मोरङ । सुनसरीको इटहरी उपमहानगरपालिकामा सुक्रबार पहिचान आन्दोलनमा सञ्चारकर्मीको भूमिका बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ । 
    नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिको आयोजनामा पहिचानको आन्दोलनमा सञ्चार कर्मीहरुको भूमिका बारे अन्तरक्रिया गरेको हो । कोशी नाम खारेजी र पहिचानको आधारमा पुन नामङ्कनको आन्दोलन बारे अन्तरक्रिया भएको हो । 
    कर्यक्रममा फोजिन प्रदेश समितिको पूर्ब अध्यक्ष तथा संघीय समिति अनुशासन समितिको वर्तमान संयोजक अर्जुन जम्नेली राईले कार्यपत्र प्रस्तुत गरेका थिए । 
    कार्यपत्रमा पहिचानको आन्दोलनमा सञ्चारकर्मीहरुको भूमिका महत्पूर्ण रहेको उल्लेख छ । आन्दोलन बारे मिडियाहरुमा समाचार कभरेज भइरहेपनि मिडिया मिशनको रुपमा लाग्नुपर्ने कार्यपत्रमा उल्लेख छ । पहिचानको आन्दोलन २०६२÷०६३ जतिकै भएपनि पर्याप्त रुपमा प्रचार अझै हुन नसकेकोले आगामी दिनमा सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने कार्यपत्रमा उल्लेख छ । 
    कार्यपत्रमाथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र फोनिज प्रदेशका इन्चार्ज भक्तशेर लिम्बूले टिप्पनी गरेका थिए । 
    कार्यक्रममा इटहरी उपमहानगरपालिका ६ नं. वडा अध्यक्ष दिपेश पोख्रेल, अग्रज पत्रकार सञ्जयसन्तोषि राई, फोनिज केन्द्रीय सदस्य सुजता लिम्बू, युकेका पूर्ब अध्यक्ष विश्वासदिन तिगेला, आदिबासी जनजाति महासंघ इटहरी उपमहानगरपालिका समिति अध्यक्ष चिराहाङ राई, फोनिज झापा जिल्ला अध्यक्ष भूमिका फ्याक लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यपत्र प्रस्तुतपछि छलफल भएको थियो । 
    फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामाले प्रदेश समितिले ‘पहिचानको लागि सञ्चार अभियान’ अन्तरगत कार्यक्रम गरिएको जनाउदै आन्दोलनको प्रचार गर्न प्रभावकारी ढंगले लाग्ने बताए । कार्यक्रममा फोनिज प्रदेश उपाध्यक्ष राजेन्द्र दुष्ट राईले औचित्य बारे बिषय राखेका थिए भने कार्यक्रम संयोजक सुप्रिया राईले स्वागत गरेका थिए । 

सम्वन्धित समाचार

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…

मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित तमु बौद्ध गुम्बाको ११ औं चुनावी साधारण सभाले कुलबहादुर गुरुङको …

मोरङ । लोकसागर साम्बा मोरङको पथरीमा भएको सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) प्रतियोगित…

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित सिरिजङ्गा धार्मिक वनको सभा हलमा बुधबार भक्तराज कन्दङ्वाको स्मृति सभा सभ…