• मोरङ । मोरङको पथरीशनिश्चरेमा चैत्र अन्तिम साता 'सहिद रत्नकुमार वान्तवा राई चौथो राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०' हुने भएको छ। फ्रेण्डसीप चेस क्लबको आयोजनामा २०८० चैत्र २७ देखि ३० गतेसम्म बुद्धिचाल प्रतियोगिताहुने क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम सार्वजनिक गरेको हो ।

    प्रतियोगितामा पूर्व नेपाल च्याम्पियनहरु बद्रिलाल नेपाली, भुपेन्द्र निरौला, नवीन तन्डुकार, रुपेस जैसवाल, पुरुसोतम चौलागाई लगायतका १५० खेलाडीहरु सहभागीहुने आयोजक फ्रेण्डसीप चेस क्लबका अध्यक्ष अमिर राईले बताए ।

    प्रथमहुने खेलाडीलाई रु. ५१ हजार नगर, दोस्रोलाई ३५ हजार, तेस्रोलाई २५ हजार गर्दै उत्कृष्ट १५ (टप फिष्टिन) जना र विधागत १८ गरेर जम्मा ३३ जनालाई नगद, प्रमाणपत्र, ट्रफी र मेडलहरु प्रदान गरिने आयोजक समितिका सचिव लोकसागर साम्बाले बताए। पुरस्कार नगद राशी मात्र ३ लाख ३६ हजार रकम खर्चहुने उपाध्यक्ष रोहित सुब्बाले बताए। बुद्धिचाल प्रतियोगितामा सात लाख बढी खर्चहुने आयोजक समितिले जनाएका छन् ।

    बार्षिक रुपमा आयोजना हुँदै आएको प्रतियोगिताले बुद्धिचाल खेलको प्रबर्धन, पथरीशनिश्चरे नगरमा खेलाडी उत्पादन र अमता विकास गर्दै आएको आयोजक समितिका अर्का उपाध्यक्ष अर्जुन जम्नेली राईले बताए । पथरीशनिश्चरेमा हुने बुद्धिचाल खेल देशकै प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित भएको आयोजकको दाबी छ । प्रतियोगितामा उत्कृष्ट १५ (टप फिष्टिन) जना, विधागत रुपमा प्रदेश, जिल्ला, नगर टप, नगरका विद्यार्थी, महिला, उदीयमान, भ्याटुन, फरक क्षमता, अनुशासति लगायत १८ जनालाई नगरसहितको पुरस्कार राखिएको छ ।

    चैत्र, २७ देखि चार दिनसम्म चल्ने प्रतियोगिता स्वीस लिगको नियम अनुसार ९ राउण्ड खेलाइने आरवीटरसमेत रहेका फावका कोषाध्यक्ष डम्बर बाछना रार्यले बताए। मोरङको पथरीशनिश्चरे नगरपालिमा हुने प्रतियोगिता देशमै स्थापित भइसकेको दाबी गर्दै सहयोग गत्ते व्यापारी, उद्योगी, पेशाकमी, बुद्धिजिवी, शिक्षक, सञ्चारकमी लगायत सम्पूर्णलाई अनुरोध गरेका छन् ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…