• मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित हरियाली सामुदायिक वन लिमिटेडका अध्यक्ष अशोककुमार राईले पदबाट दिएको राजिनामा सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेर कम्पनीलाई क्षति पु¥याउन खोजेको भन्दै स्पष्टिरण माग्ने निर्णय भएको छ । 
    अध्यक्ष अशोककुमार राईले आफूले कम्पनीलाई अगाडी बढाउन भरपुर प्रयास गर्दागर्दै असहयोग भएकोले अत्मा सम्मानमा ठेस पु¥याएर काम गर्न नसक्ने भन्दै बिहिबार (चैत्र १५) गते राजिनामा दिएका थिए । राईले राजिनामा पत्र आफ्नो फेसबुक सञ्जालमा समेत पोष्ट गरेका थिए । 
    सो बिषयमा कम्पनीको सबैभन्दा बढी शेयर रहेको हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगरको अध्यक्षतामा सुक्रबार (चैत्र १६) बैठक बसेको थियो । 
    बैठकले संस्थालाई असर पर्ने प्रकारको शब्दहरु रहेको राजिनामा फेसबुक सञ्जालमा पोष्ट गर्नुको कारणहरुसहितको स्पष्टिकरण माग गर्ने निर्र्णय भएको श्रोतले जनाएको छ । बैठकले सो कार्यको लागि पाँच सदस्यीय समितिसमेत गठन गरेको बुझिएको छ । 
    कम्पनीले करिव २० करोडको लागतमा पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न बोटिङ पोखरी, पौडी पोखरी लगायत निर्माण भइरहेको छ । स्वीमिङ पुल भने लगभग निर्माण सम्पन्न भइसकेको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…