• इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता तथा कानुन व्यवसायी स्वागत नेपालले भ्रष्ट्राचारीलाई मृत्यु दण्ड दिनुपर्ने बताएका छन् ।
    मुढा नुचाव चिन्ह लिएका साझा उमेद्वार डकेन्द्र थेगिम लिम्बू टोलीको आज (बुधबार) इलाम देउमाइ—९ जितपुर बजारमा सभा थियो । 
    सभालाई सम्बोधन गर्दै अभियान्ता स्वागत नेपालले भ्रष्ट्राचार गरेर देश र जनतालाई कंगाल बनाउने बिभिन्न पार्टीका नेताहरुलाई कानुन बनाएर मृत्यु दण्ड दिनुपर्ने बताएका छन् । 
    डकेन्द्रसिंह थेगिमको उमेद्वारी एउटा समुदायको नसोचिकन भ्रष्ट्राचार, अनियमितता विरुद्धको अभियान भएकोले मुढा चिन्हमा भोट दिएर अत्याधिक मतका साथ बिजय गराउन आव्हान गरेका छन् । 
    नयाँ र युवा भनिएकाहरु उमेद्वारहरु आदेशमा चल्ने ‘लाश’ भएको बताए आरोप लगाएका छन् । माहोल हेर्दा डकेन्द्रसिंह थेगिमले जितिसकेको हुनाले क्षेत्री, बाहुन, दलित सम्पूर्ण जनताले भोट दिन स्वागत नेपालले बताए । 
    कार्यक्रममा उमेद्वार डकेन्द्रसिंह थेगिमले अघिल्लो निर्वाचनमा जिताएर पठाएकार व्यक्तिहरुले जनताको काम नगरेर देशलाई कंगाल बनाउने तर्फ बढेको बताए । भ्रष्ट्राचार विरद्ध अभियान चलाउन र उत्पीडित वर्ग समुदायको पक्षमा कानुन बनाउन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखके पक्षमा लाग्ने बताए । थेगिमले आफूले जितेर गएपछि ६ वटै प्रदेशको पुन नामकरणको लागि नयाँ अभियानको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरे । 
    कार्यक्रममा पूर्ब संस्कृति मन्त्री गोपाल किराती, खगेन्द्र माखिम, लेखक युग पाठक, बिशेन्द्र पासवान लगायतले सम्बोधन गरेका थिए ।  
    कार्यक्रममा गायक कलाकारहरु गंगा फ्याक, तिर्सना नेम्बाङ, सुनिता थेगिम, एकदेश लिम्बू लगायतले सांगीतिक कोशेली प्रस्तुत गरेका थिए । बिभिन्न पार्टीका नेताहरुको भ्रष्ट्राचारी क्रियाकलापको कारण पार्टी र नेताहरुबाट बितृष्णा छाएको कारण स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनावी सभामा हजारौं समर्थक तथा शुभचिन्तकहरु सहभागी हुने गरेको छ । 
    स्वातन्त्र उमेद्वार थेगिमको चुनावी इलाम बजार, माङ्सेबुङ, माई नगरपालिका लगायतको बिभिन्न स्थानमा हजारौ, उपस्थिति हुने गरेको छ । 

     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…