• इलाम । सामाजिक अभियन्ता डा. महेन्द्र लावतीले इलाम—२ का सुहाङ नेम्वाङ ओली र डम्बर खड्का पार्टीको नभएर देउवा गुटको उमेद्वार भएको बताएका छन् । 
    डकेन्द्रसिंह थेगिम लिम्बूको चुनाव चिन्ह मुढामा भोट माग्न आइतबार इलाम माइ नगरपालिकाको महमाइ कलकतेमा आयोजित चुनावी सभामा पुगेका डा. महेन्द्र लावतीले सो कुरा बताएका हुन् । 
    तीन दशक अघिदेखि एमालेमा खटेका नेताहरुलाई टिकट नदिएर केपी ओलीले अष्ट्रेलियाबाट भर्खरै आएका सुहाङ नेम्वाङलाई एउटा गुटको आधार उमेद्वार बनाएको बताए । 
    कांग्रेसको डम्बर खड्का ठेकदारी पेसामा स्थापित नभएको र इलामभन्दा बाहिरबाट गएका व्यक्तिलाई शेरबहादुर देउवाले पनि गुटकै आधारमा टिकट दिएको बताए । सुहाङ र खड्का दुवै पार्टीको नभएर गुटको मात्र उमेद्वार भएको बताए । डा. लावतीले यसो भनिरहदा स्वतन्त्र उमेद्वार थेगिमको पक्षमा गडगडाहट तालि बजेको थियो । 

    डकेन्द्रसिंह थेगिम एमाले, कांग्रेस भित्रका प्रगतिशील विचार राख्ने खस÷आर्य (क्षेत्री, बाहुन) र पहिचानवादीहरुको साझा स्वतन्त्र उमेद्वार भएको कारण निर्धक्क मुढामा भोट हान्न इलामवासी समुदायलाई आव्हान गरे । रास्वपाका मिलन लिम्बु आफूलाई पहिचानवादी भन्ने गरेपनि संघीय व्यवस्था विरोधी, प्रदेश सभामा उमेद्वार नै नदिने पार्टीको भरिया हुन गएको डा.लावतीको आरोप थियो । 
    देशको सबैभन्दा ठूलो रोग भ्रष्ट्राचार भएको तर्क गर्दै डकेन्द्र लिम्बू बाहेक अरुले जितेर गइहाले उन्का नेताहरुले गरेको भ्रष्ट्राचारको विरोध गर्न नसक्ने डा. लावतीको भनाइ थियो । त्यसकारण इलामे जताले पुरानो चिन्हमा भोट लगाएर आफ्नै खुट्टामा बन्चरो हान्नुनहुने बताए । मिलन लिम्बूले जितिहाले रबि लामिछानेले गरेको सहकारी ठगिबारे बोल्न नसक्ने उनको भनाइ थियो । 
    पहिचानवादी राजनीतिक पार्टीहरु र अधिकार स्थापनाको लागि क्रियाशील संगठनहरुले साझा उमेद्वारी दिएकै दिनबाट माहोल डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढामा बढेको डा. लावतीले बताए । मुढा चिन्हले हारेमा राई, लिम्बू, तामाङ, गुरुङ, मगर, दलित र देशको हित चाहने प्रगतिशिल खस÷आर्य समुदायको हार हुने भएको भन्दै डकेन्द्रसिंह थेगिमले जितेपछि देशको राजनीतिक मोडनै परिवर्तनहुने दाबी गरे । 
    कार्यक्रममा साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमले पछिल्लो समयमा आफू ४१ घटकको मात्र नभएर नेपालमा रहेका सबै पार्टी भित्रका देशको प्रगति चाहने एमाले, कांग्रेस, माओवादीहरुको पनि साझा उमेद्वार भएको बताए । 
    गाउँ टोलमा हिड्ने क्रममा जनताको अपार माया र शुभकामनाले आफू बिजयी भइसकेको अनुभूति भइरहेको थेगिमको भनाइ थियो । आफूले जितेर गइसकेपछि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, युवाहरुको लागि रोगजारी, मजदुर, किसानहरुको पक्षमा खुलेर बिषय राख्ने र अवरोधहरु पञ्छाउने नयाँ कानुन निर्माणको पहलमा लाग्ने बताए । 
    सडक, खानेपानी, सिंचाइ, सुकुम्बासीहरुको समस्या समाधान गर्न र भ्रष्ट्राचारको विरद्ध सदन, सडक दुबै स्थानबाट आवाज बुलन्द पार्ने र पहिचानको आधारमा प्रदेशहरुको पुन नामाङ्कनको लागि माहोल तयार पर्ने थेगिमले बताए । 
    कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष राकेश राई, किरात याक्थुङ चुम्लुङ महासचिव निरन्ति तुम्बापो, नेपाल आदिबासी जनजाति महासंघका पूर्ब केन्द्रीय उपाध्यक्ष गोबिन्द छन्त्याल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक), राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष सञ्जुहाङ पालुङ्वा, बहुजन पार्टीका अध्यक्ष पूर्ब मन्त्री बिशेन्द्र पासवान, जसपाको तर्फबाट जेन्टल लावती, संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामी लगायतले विचार प्रस्तुत गर्दै मुढामा भोट मागेका थिए । 
    रंजित राईले सञ्चालन गरेको कार्यक्रममा माओवादी केन्द्र सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चाका महासचिव पकन्दी लिम्बूको लगायतको उपस्थिति रहेको थियो । चुनावी सभामा माओवादी केन्द्र सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चामा आवद्ध नेता कार्यकर्ताहरु पनि साझा स्वातन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बुको पक्षमा देखिएका छन् ।  

    कार्यक्रममा नेपालको चर्चित गायिक सुनिता थेगिमले ‘भुँइ साहोरी ढोगे है..., ‘बिनायो कङ्कङ..., जस्ता गीतहर गाएर दर्शकलाई नचाएका थिए । 

    माहोल एकपछि अर्को बढ्दै
    पछिल्लो समयमा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको माहोल बढेको छ । मुढा चिन्ह लिएर उठेका स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको इलाम बजार, नवमी, मंगलबारे र महमाइ लगायत जहा गएपनि स्थानीयवासीको व्यपक उपस्थिति हुनेगरेको छ । इलाम मंगलबारेमा एमाले अध्यक्ष केपी ओली आएको दिनभन्दा भोलिपल्ट भएको स्वातन्त्र उमेद्वार थेगिमको सभामा बढी जनसहभागिता भएको थियो । स्वतन्त्रको माहोल बढेसँगै कांग्रेस, एमाले भित्रका पहिचानवादी कार्यकर्ताहरु पनि भित्रभित्र मुढामै भोट लगाउन सल्लाह भइरहेको किरात याक्थुङ चुम्लुङ जिल्ला नेताहरुको भनाइ छ । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको लेटाङ—९, जाँतेमा आदिबासी जनजाति अधिकारसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम समापन …

मोरङ । पूर्ब प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फागुन १३ गते मोरङको कानेपोखरी आउने भएक…

मोरङ । नेकपा (माओवादी केन्द्र) मोरङ पथरीशनिश्चरे नगर समितिको आज भएको दोस्रो अधिवेशनले पुन गोबिन्द कटुवाल…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका २ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थाले सुक्रबार बिभिन्न व्…