• इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार) माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ ।  
    चुनावी सभाको प्रमुख अतिथि रहेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले उपनिर्वाचनमा इलाम जाग्नुपर्ने भन्दै मुढामा भोट लगाएर डकेन्द्रसिंह थेगिमलाई अत्याधिक मतले जिताउन पुन आव्हान गरेका छन् । 
    बिगतका निर्वाचनमा दिएको भोटले उपलब्धि नभएको कारण विचार पु¥याएर मत परिवर्तन गर्नुपर्ने नगरप्रमुख साम्पाङले बताएका छन् । उपनिर्वाचनमा उठेका उमेद्वार मध्ये शैक्षिक, सामाजिक र परिपक्क उमेद्वार डकेन्द्रसिंह थेगिम भएकोले आफू सघाउन आइरहेको बताए । 
    निर्वाचन अघि र पछि इलामको बिभिन्न स्थान हिड्ने क्रममा धुलाम्य सडक, चिसोपानी बजारमै मोबाइल टावर कमजोर रहेको पाइएको उनले बताए । इलामे जनता सचेत छ भन्ने देखाउनको लागि मुढाको उमेद्वार डकेन्द्रसिंह थेगिमले अत्याधिक मतले जित्नुपर्ने मेयर साम्पाङले बताए । भोट किनबेच गर्न नहुने कसैले पैसा दिए लिएर भोट चै मुढामै लगाउन साम्पाङको आग्रह थियो । 
    सबै भाषा, संस्कृति, मुल्य, मान्यता र समुदाय मिलेर देश नेपाल बन्ने भएकोले एकले अर्काको सम्मानको वातावरण निर्माण गर्नुपर्ने बताए । 
    सभालाई सम्बोधन गर्दै साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूले दमक, चिसोपानी पञ्चमी, रबि सडक खण्डको नाम फाल्गुनन्द मार्ग बनाउन पहल गर्ने, मधुमल्ला आसेटारहुँदै दशमी बजारसम्मको सडक निर्माणमा ध्यान दिने बताएका छन् । 
    सबै प्रकारको घुसखोरी, भ्रष्ट्राचार विरुद्ध खुलेर लाग्ने, शिक्षा, स्वास्थ्य जनताको पौज पु¥याउने गरी लाग्ने बताए । 
    थेगिमले उत्पीडित, अल्पसंख्याक समुदायको लागि विशेष क्षेत्र, स्वायत्त क्षेत्र कानुन निर्माण गरेर छुट्याउन पहल गर्ने बताएका छन् । 
    प्रदेशहरुको नाम पहिचानको आधारमा पुनः नामङ्कन गर्न माहोल खडा गर्ने लगायतको प्रतिबद्धता व्यक्त गरेका छन् । 
    कार्यक्रममा डा.महेन्द्र लावती, किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष राकेश राई, महासचिव भीमकुमार राई, उपमहासचिव कृष्णकुमार राई, किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य दीपा लक्सम लगायतले मुढामा भोट मागेका छन् । 
    कार्यक्रममा गायक कलाकारहरु एकदेब लिम्बू, सुनिता थेगिम, तिर्सना नेम्बाङ, राजेन्द्र केरुङले गीत प्रस्तुत गरेर उपस्थित श्रोता, दर्शकलाई मनोरञ्जन दिएका थिए । 
    स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले हालसम्म इलाम बजार, नवमी, मंगलबारे, फाकफोकथुम, महमाइ, माङ्सेबुङको भालुटार, लारुम्बा (गुरु आश्राम) नजिक र चिसोपानी पञ्चमी बजार लगायतमा चुनावी सभाहरु भएको छ । सभाहरुमा सुहाङ नेम्वाङ र डम्बर खतिवडाको कार्यक्रमभन्दा बढीनै जनसहभागिता हुने गरेको छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…