• मोरङ । लिम्बू समुदायमा धार्मिक÷सांस्कृतिक कार्य गर्ने उदेश्य राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्था स्थापना भएको छ । 
    सोही उदेश्यको साथ गठन भएको युमा साम्यो महासभाका केन्द्रीय पदाधिकारी सदस्यहरु पनि युमा साम्यो नेपालमा आएका छन् । सोमबार मोरङको पथरीशनिश्चरे—१० स्थित सिरिजङ्गा स्मृति धार्मिक वन परिसरमा युमा साम्यो नेपालले पत्रकार भेटघाटको आयोजना गरी संस्थाको सार्वजनिक गरेको हो । 
    २०८० चैत्र २० गते (एक महिना अघि) जिल्ला प्र्रशासन कार्यालय मोरङमा युमा साम्यो नेपाल दर्ता गरेको भन्दै आज कार्यसमिति सार्वजनिक गरेको हो । 
    युमा साम्यो नेपाल केन्द्रीय अध्यक्षमा रनधोज सिरेङ चोङ्बाङ, बरिस्ठ उपाध्यक्ष नेत्र साउदेन, उपाध्यक्षमा लोकबहादुर साउदेन, सचिवमा भीमसेन लिङ्दम, सहसचिवमा योबाहाङ लिम्बू, कोषाध्यक्षमा यामबहादुर लिम्बू र प्रवक्ता पदम चेन्जी माबो रहेको २१ सदस्यीय समिति गठन भएको हो । 
    सदस्यहरुमा शुरेस मादेन, जसबहादुर चेम्जोङ, राजेन्द् आन्छ्ङ्बो, डिल्लि सिगु, वीरेन जबेगु, आइतमाया शेर्मा, टेकमान सुब्बा, केशरसिंह लिम्बू, चन्द्रा फागो, देउमान सिरेङ लिम्बू, कुलमाया सङ्बाहाङफे, बिशाल साँबा र हिमाल कुरुम्बाङ रहेका छन् । 
    युमा साम्यो महासभाका केन्द्रीय उपमहासचिव भीम लिम्बू, योबाहाङ लिम्बू र केन्द्रीय सदस्य पदम चेन्जी माबो नयाँ संस्था युमा साम्यो नेपालमा आएका छन् । 
    महासभाको उपमहासचिव योबाहाङ लिम्बूले त्यहाँबाट कोषाध्यक्ष लगायत पदाधिकारी र अधिकांश केन्द्रीय सदस्यले युमा साम्यो महासभा छाडेको बताएका छन् । 
    धार्मिक संस्था भएर कार्यदिशा धार्मिक बनाउनु पर्नेमा निजी कम्पनी जस्तो जग्गा किनेर टहराहरु बनाउन थालेको, धार्मिक÷सांस्कृतिक कार्य नगरेकोले नयाँ संस्था स्थापना गर्नुपरेको योबाहाङ लिम्बूले बताए । 
    यता युमा साम्यो नेपाल नयाँ संस्थाका अध्यक्ष रनधोज चोङ्बाङले महासभाको अध्यक्ष देबेन्द्र वनेमले संस्थाको उदेश्य अनुसार काम गर्न नसकेको कारण संस्था दर्ता गर्नुपरेको बताए । महासभा २०७५ बैसाक २१ मा सुनसरीमा दर्ता भएको बताइएको छ । 
    अध्यक्ष रनधोज चोङ्बाङले आफूले २०४८ सालदेखि युमाको कन्सेप्ट ल्याएपनि देबेन्द्र वनेम र अर्जुन माबुहाङले ओभरटेक गरेपनि चलाउन नसकेपछि साम्यो नेपाल दर्ता गर्नु परेको बताएका छन् । 
    कार्यक्रममा संस्थाको परिचय, उदेश्य र कार्यसामितिको नामवलीसहितको विज्ञप्ति वितरण गरिएको थियो । साम्जिक मुन्दुम अनुसार सांस्कृतिक कार्य गर्ने, मुन्धुम विश्वविद्यालय स्थापना गर्ने, सांस्कृति स्थलहरुको संरक्षण र विकासमा लाग्ने लगायत उल्लेख छ । 
    युमा साम्यो महासभालाई किरात याक्थुङ चुम्लुङ र किरात धर्म तथा साहित्य उत्थान संघको विकल्पमा खोलिएको संस्थाको रुपमा प्रचारहुँदै आएको थियो । महासभामा पनि विवाद आएपछि बिभाजित भएर युमा साम्यो नेपाल गठन भएको बुझिएको छ । 
    साम्यो नेपाल सार्वजनिक कार्यक्रममा सिरिजङ्गा स्मृति धार्मिक वनका अध्यक्ष डम्बर चोङ्बाङले एक आपसमा फुटेर होइन जुटेर जानुपर्ने विचार राखेका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…

मोरङ । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः न…