• नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काको निधन भएको छ । खड्काको मंगलबार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा निधन भएको हो । 

    माओवादी केन्द्रका महासचिव देव गुरुङले शोक वक्तव्य जारी गर्दै सल्लाहकार खड्काको निधनले सिङ्गो पार्टी स्तब्ध भएको जनाएका छन् । 

    माओवादीले भनेको छ- ‘प्राध्यापक खगेन्द्र खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागी अपूरणीय क्षति भएको छ । राष्ट्रले एक बौद्धिक होनहार व्यक्तित्व गुमाएको छ ।' 

    विक्रम संवत् २००८ साल असोज १२ गते उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ मा जन्मिएका खड्का लामो समय कम्युनिस्ट आन्दोलनमा आबद्ध रहँदै आएका थिए । 

    खड्का २०६४ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा समाहित भई केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा थिए । हाल टोखा नगरपालिका धापासीमा बस्दै आएका उनका ४ छोरीहरू रहेका छन् । सल्लाहकार खड्काको अन्तिम श्रद्धाञ्जली र अन्त्येष्टि बुधबार साँझ ६ बजे पशुपति आर्यघाटमा गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…