• काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिएको ‘शिक्षामा सिप’ कार्यक्रमबाट आफूहरु प्रभावित भएको डच फाउन्डेसन सोसियल डिभलपमेन्टका प्रतिनिधिहरुले बताएका छन् ।

    महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग भेटवार्ता गर्दै यस कार्यमा आफू पनि साझेदार हुन इच्छुक रहेको बताएका हुन् । 

    भेटवार्तामा उपप्रमुख डंगोलले, सिपमूलक तालिमका धेरै आयाम भएको बताउँदै यसलाई पूर्ण बनाउन अनेक चरण र तहमा काम गर्नुपर्ने, यी तह र चरणमा साझेदारहरुसँग सहकार्य हुन सक्ने धारणा राखेकी थिइन् । ‘राम्रो काम गर्ने दायित्व सबैको हो । धेरै राम्रा काम मिलाएर उत्कृष्ट नतिजा निकाल्न सकिन्छ ।’ उनले भनिन्, ‘अहिले तालिममा जसले भाग लिनुभएको छ । उहाँहरुलाई रोजगार, स्वरोजगार वा अन द जब ट्रेनिङ्मा जोड्ने लक्ष्यसहित काम भइरहेको छ । अहिले प्राप्त गरेको तालिमको स्तरलाई बढाउने काम पनि छ । हामी यस्ता क्षेत्रमा सहकार्य अगाडि बढाउन सक्छौँ ।’

    भेटका क्रममा प्रतिनिधिमण्डलले, सिप मेलामा सहभागिता, तालिम व्यवस्थापन, विषय छनोट, यसको श्रम बजारमा सम्बन्ध उत्कृष्ट रहेको प्रतिक्रिया दिए । उनीहरुले विद्यालयहरुमा शिक्षासँगै सिप सिकाउँदै जानु उत्कृष्ट कामको थालनी भएको र यस क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएका थिए । 

    सिप मेलामा सहभागीको आकर्षणका विषयमा कुरा गर्दै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘१४ हजारभन्दा बढी आवेदकले तालिममा सहभागी हुने इच्छा राख्नुभएको छ । हामी सिप मेलाका अतिरिक्त नियमित तालिमका कार्यक्रममार्फत आवेदकको अपेक्षा पूरा गर्न खोजिरहेका छौँ ।’

    छलफलका क्रममा श्रम बजारको आवश्यकताअनुसारका तालिम सञ्चालन गर्नु पर्ने, तालिम दिएपछि रोजगार वा स्वरोजगार हुन पनि सहयोग गर्नु पर्ने विषयमा छलफल भएको थियो ।    

सम्वन्धित समाचार

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…

मोरङ । नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न जाँदै गरकी मोरङ पथरीशनिश्चरे नगरकी रिजु भट्…

मोरङ । तालिम प्राप्त कुकुरहरु प्रयोग गरेर मोरङको पथरी बजारमा अबैध लागु औषध खोजि गर्ने क्रममा एक जना पक्रा…

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको ‘प्रथम पथरीशनिश्चरे पञ्जा …