• भ्वाइस अफ नेपाल सिजन—५ का बिजेता बिनोद राई बेलायतको एक महिने भिजिटपछि सुक्रबार मर्कथलो मोरङको पथरीशनिश्चरेमा सम्मानित हुनुको साथै गीत गाएर युवा विद्यार्थीहरुलाई मनोरञ्जन दिएका छन् । 

    भ्वाइस अफ नेपाल जितेपछि व्यस्त बिनोद पथरीशनिश्चरेमा गीत प्रस्तुतीसँगै सम्मानित भएका हुन् । टाइटल जितेपछि बेलायतको बिभिन्न सहरमा एक महिने सांगीतिक यात्रा सकेर आए लगतै सुक्रबार पथरीशनिश्चरेको रेडस्टार बोर्डिङ स्कुल÷ऋतम्भरा बहुमुखी क्याम्पसले आयोजना गरेको सांगीतिक तथा बधाई शुभकामना कार्यक्रममा गीत प्रस्तुतीसँगै सम्मानित भएका हुन् ।  

    गायक राईले जुन होइन तारा होइन तिमि भएपुग्छ..., भुँइ सोहोरी ढोगे है..., तिमिभित्रै देख्छु मत..., बाबैले भन्थे कलको पानी रक्सी गनायो..., जस्ता गीतहरु गाएर उपस्थित युवा विद्यार्थीहरुलाई भरपुर मनोरञ्जन दिएका थिए । 

    रेडस्टार बोर्डिङ स्कुलले कक्षा—१२ का विद्यार्थीहरुलाई विदाइ, ऋतम्भरा बहुमुखी क्याम्पसको लागि स्वागत कार्यक्रम देशकै चर्चित गायक राई प्रस्तुती र स्कुलमा अध्ययनरत विद्यार्थीहरुले नृत्य प्रदर्शनले माहोल मनोरञ्जनात्मक भएको थियो । 

    भ्वाइस अफ नेपाल बिजेता राईले मञ्चबाट तलै झरेर स्कुलमा अध्ययनरत विद्यार्थीहरुसँगसँगै गाएका थिए । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका पथरीशनिश्चरे नगरका शिक्षा तथा खेलकुद समितिका सचिव अधिकृत नवीन खुलाले रेडस्टार सञ्चालकहरु शिक्षा बुझेका व्यक्तिहरु रहेको बताए । विद्यार्थीहरुले विदेशतिर मात्र ध्यान दिन नुहुने खुलालको भनाइ थियो । 
    रेडस्टार बोर्डिङ स्कुलका प्रिन्सिपल÷निर्देशक टि.एन. तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा सहायक प्रिन्सिपन बसन्त मादेन लिम्बूले स्वागत गरेका थिए । 

    रेडस्टारमा उच्च शिक्षा स्नातकोत्तर पनि पढाइहुँदै आएको छ । कार्यक्रमको औचित्य माथि प्रष्ट पार्ने क्रममा तिर्थ दाहालले रेडस्टारबाट कक्षा १२ पास गर्ने मध्ये ९० प्रतिशत सोही क्याम्पसमा पढ्ने बताएका छन् । कार्यक्रममा कक्षा ११ का दिया लिम्बू, कमल घोर्साने, चित्र न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । कक्षा १२ को बोर्ड (फाइनल) परीक्षा दिएका विद्यार्थीहरुलाई स्कुलले मायाको चिनोसहित शुभकामना दिएका थिए । 

    कार्र्यक्रममा भ्वाइस अफ नेपाल बिजेता बिनोद राईलाई सम्मान पत्रले सम्मान गरिएको थियो । भ्वाइस अफ नेपाल प्रतियोगिता भइरहँदा रेडस्टार बोर्डिङ स्कुलले प्रतिष्पर्धी बिनोद राईको प्रचार र विद्यालय तथा त्यहाँ अध्ययनरत विद्यार्थीहरु मार्फत सहयोग गरेका थिए । इलाममा जम्निएपनि पथरीमा आएर संगीत क्षेत्रमा लागेका, पथरीमै प्रारम्भिक रुपमा संगीत सिकेका बिनोद राईलाई मोरङको पथरीशनिश्चरेबाट बिभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गरेका थिए । 

     


     

सम्वन्धित समाचार

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…

मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित तमु बौद्ध गुम्बाको ११ औं चुनावी साधारण सभाले कुलबहादुर गुरुङको …

मोरङ । लोकसागर साम्बा मोरङको पथरीमा भएको सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) प्रतियोगित…

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित सिरिजङ्गा धार्मिक वनको सभा हलमा बुधबार भक्तराज कन्दङ्वाको स्मृति सभा सभ…