• काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले अहिलेको सत्ता संगतले आफ्नो विचार र स्वत्व गुमाउनुपर्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै कार्कीले ‘अनेक गरिन्छ तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्‍याउने सत्तासम्मन् मात्रै भएको कार्कीले उल्लेख गरेका हुन् ।रास्वपामा सभापति एवं गृहमन्त्री लामिछानेको एक्लो आलोचकका रूपमा चिनिने कार्कीले आँखा खोल्न आग्रह गरेका छन् । 

    उनले भनेका छन्- 

    'अनेक गरिन्छ तर सत्ता जोगाइन्छ' वालाको संगतले पुर्याउने सत्तासम्मन् हो, तर त्यसको मूल्यमा आफ्नो सम्भावना र अरूले आफुप्रति गरेको आशा गुमाउनु पर्छ । 'म हुन्न भने यो कुर्सी नै भाचिदिन्छु' वालाको संगतले पुर्याउने ओठेजवाफसम्मन् हो, तर त्यसको मूल्यमा आफ्नो विचार र स्वत्व गुमाउनु पर्छ ।

    अघिल्लो स्टाटस लेखेको थिएँ - 'हिजो संसदको रोष्ट्रम घेर्ने क्रममा सांसद टेकबहादुर गुरूङ र ज्ञानेन्द्र बहादुर कार्कीसमेत मिसिएर अहिले सदाचार, पारदर्शीता र कानूनीराज सिकाउँदैछन् । यो दृष्य दुखद मात्र होइन, आँखा खोल्नु पर्ने किसिमको पनि छ । आँखा खोलौँ ।' पटक पटक लेख्छु, आँखा खोलौँ ।

सम्वन्धित समाचार

काठमाडौ । सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई …

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको लिखिुपके गाउँपालिकाका पालिका सभापति राम चन्द्र बस्नेत पक्राउ…

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक…

काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्न आज अपराह्न ५ बजे ब…