• मोरङ । ताप्लेजुङको मुकुमलुङ पछिल्लो समयमा माथीभाराबाट परिचित माङहिम÷मन्दीरमा बार्षिक अरबौ कमाउने सपनाको साथ केवलकार बनाउने प्रयास जारी छ ।
    धार्मिक आस्थाको केन्द्रलाई व्यापारिकरण गरेर महत्व घटाउन नहुने, देशको सार्वजनिक सम्पदा (सम्पति) व्यक्तिलाई जिम्मा लगाउन नहुने, व्यापारीलाई लागि गुँरास जस्तो राष्ट्रिय फूल फडानी गर्न नहुने  लगायतको माग राख्दै ९ बर्षदेखि आन्दोलन जारी छ । 
    मन्दिरमा केवलकार बनाउने भनेर २०७२ असोज ६ गते पाथीभारा दर्शन केबलकार प्रां.ली.े दर्ता भएको थियो । सो कम्पनीलाई केपी ओली प्रधानमन्त्री भएको बेला मन्त्री परिषद बैठकले केवलकार निर्माणको लागि जग्गा प्रयोग गर्न दिने निर्णय भएको थियो । 
    धार्मिक आस्थाको केन्द्रलाई व्यापारिको जिम्मा लगाउन नहुने प्रकृतिक रुपमै रहनदिनु पर्ने माग राख्दै सोही समयदेखि आन्दोलन भइरहेको छ । दर्ता भएको दुई बर्षमा सक्ने योजनासहित सुरु भएको कार्यक्रम स्थानीयबासी र बिषेश गरेर लिम्बू समुदायको विरोधको कारण तत्काल अघि बढ्न सकेको थिएन । 
    काठमाडौं नजिकै चन्द्रागिरीमा केवलकार चलाउदै आएका चन्द्र ढकाल पाट्नारमा पसेपछि भने केन्द्र, प्रदेश वन मन्त्रालय, वन कार्यालय, सीडियो र प्रहरी कार्यालयले सरासर फायल बढाउदै जंगल फडानीको प्रकृया समेत पुरा गरेका थिए । 
    कर्मचारी मात्र होइन ताप्लेजुङ्गका बिभिन्न पार्टीका नेता, कार्यकर्ताहरु पनि मुकुमलुङ÷पाथीभारालाई प्रकृतिक रुपमै रहन दिनुको सट्टा चन्द्र ढकालको कम्पनीको पक्षमा लाग्ने गरेको आन्दोलनरत पक्षको भनाइ छ । 
    केवलकारको लागि रुख ढाल्न प्रकृया पुरा गर्ने क्रममा पटक पटक आन्दोलनकारीले लखेटेपनि प्रयास भने जारी राखेका छन् । 
    यसैक्रममा २०८१ बैसाक ३० गते चन्द्र ढकालले भाडामा लगेका मानिसहरुले लालि गुँरास फडानी गरेका थिए । भाडामा मानिस प्रयोग गरेको थाहा पाउने साथ आन्दोलनकारीहरुले विरोध गर्दै त्यहा पुगेका थिए । 
    बैसाक ३१ गते दुई पक्षवीच झडप भएको थियो । दुबैतर्फबाट खुकुरी उब्जाउनेसम्म भएको थियो । आन्दोलनकारीहरु विभिन्न गाउँबाट त्यहाँ पुगेर संख्या थपिदै गएपछि भाडामा लगिएका मानिसहरु भागेको संघर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बूले बताए । 
    ‘कर्मचारीले कहिलेकाही ५ मिनेटमा हुने फायल ३ घण्टासम्म पर्खिन लगाउछन् ।’ पाथीभरा केवलकार खारेजी संघर्ष समितिका खगेन्द्र फोम्बू भन्छन ‘कर्मचारीहरु, पार्टीका केही नेता÷कार्यकर्ताहरु एउटा कम्पनीको पक्षमा किन मरिहत्ते गरेर लागेका ?े’ चन्द्र ढकालले करोडौ पैसा दिएर कर्मचारी र पार्टीका नेता कार्यकर्ताहरु प्रयोग गर्ने प्रयास गरिरहेको संघर्ष समितिको बुझाइ छ । 
    राज्यको शक्ति दुरुपयोग गरेर जवरजस्ति गर्न खोजेको भन्दै संघर्ष समितिले मंगलबार (जेठ १) विज्ञप्ति प्रकाशन गरेर २—३ गते ताप्लेजुङ जिल्ला आम हड्ताल र मेची राजमार्ग (झापाको चारालीदेखि तप्लेजुङ्ग सदरमुकाम), तमर करिडोर सडक बन्दको घोषणा गरेर च्यालेन्ज दिएका छन् । बन्द सफल बनाउन बिभिन्न स्थानमा आन्दोलनकारीहरु परिचालित भएका छन भने मुकुमलुङमा सयौंको संख्यामा युवाहरु तैनाथ रहेका छन् । 
    ताप्लेजुङमा जेठ ३ देखि ७ गतेसम्म महोत्सव लगाउने र उद्घाटनमा प्रधानमन्त्री ल्याउने छलफल भइरहेको र यही बेला डकैती शैलीमा जंगल फडानी भएकोले जिल्ला बन्द गर्नु परेको संघर्ष समितिले जनाएको छ । 
    राज्य पक्ष जायज मागको सुनुवाई गर्नुको साटो एउटा कम्पनीको पक्षमा लागेर लिम्बू समुदायको आवाज दबाउन लागे बरु युद्ध लड्न तयार तर केवलकार बनाएर मुकुमलुङ प्रतिको आस्था घट्न नदिने बताउदै आएका छन् । 
    मुकुमलुङ÷पाथीभराको प्रकृतिक स्वरुप र आस्था घटाउदै चन्द्र ढकाल एउटा व्यक्तिलाई ठेक्का दिएर कमिसन लिने पार्टीका नेता कार्यकर्ताहरुको प्रवृति विरुद्ध खुलेर सडकमा आउन संघर्ष समितिको आव्हान छ । प्रदेश नं. १ मा पहिचानको आन्दोलन चलिरहेको छ । 
    यो आन्दोलनमा ४२ बर्षिय युवा पदम लिम्बू(लाजेहाङ)को साहदत भइसकेको छ भने आषिश साम्बा लिम्बू एक बर्षदेखि जेलमा छन् । गजेन्द्र फागोको प्रहरीले चलाएको गोली लागेर खुट्टामा समस्या छ । १५० बढी घाइते र २५० बढीलाई झुट्टा मुद्धा लगाइएको संयुक्त संघर्ष समितिको तथ्याङ्क छ । यो अवस्थामा केवलकार बनाउन जवरजस्ति गरिए ताप्लेजुङबाटै गम्भीर प्रकारको आन्दोलन सुरुहुनसक्ने र युद्धा सुरुहुन सक्ने आंकलनसमेत हुन थालेको छ । 


     

सम्वन्धित समाचार

माओवादी (केन्द्र)का नेतासमेत रहेका राष्ट्रिय सभा सदस्य सुरेश आलेमगरले कोशी नाम खारेजीको आन्दोलनमा एक बर्ष …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित समुदायिक विद्यालय पञ्चायत माविका छात्रा एसइईमा मोरङ जिल्ला…

मोरङ । मानिसलाई सुख, शान्ति, समृद्ध गराउन योग, प्राणायम र ध्यान गराउदै आएको जीवन विज्ञान संस्थाको बुधबार …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको आर्थिक बर्ष २०८१÷०८२ मा ८५ करोड ४१ लाख आठ हजार बजेट…