• मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने भएको छ । 
    मोरङको बेलबारीमा प्रशिक्षण हुने भएको हो । भोली जेठ २ गते (बुधबार) नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिब तथा प्रदेश नं. १ का इन्चार्ज हरिबोल गजुरेल, स्थायी कमिटी सदस्य तथा फाक्सन इन्चार्ज ओनसरी घर्तिमगर, मोर्चाको अध्यक्ष शुरेस आलेमगर, संगठनका केन्द्रीय कार्यालय सदस्य तथा पार्टी केन्द्रीय सदस्य दुर्गा राई लगायतको उपस्थिति रहने पार्टीका मोरङ सह–इन्चार्जसमेत रहेका मोर्चाको प्रदेश समिति संयोजक प्रेम मिभकले बताए । 
    पूर्ब सभामुखसमेत रहेका ओनसरी घर्ति मगर, शुरेस आलेमगर पहिचानको आधारमा प्रदेशको पुन नामङ्कन हुनुपर्ने र सिङ्गो पार्टी त्यसतर्फ लाग्नुपर्ने विचार राख्दै आएका छन् । पार्टी सम्बद्ध किराती, लिम्बुवान लगायतका राष्ट्रिय मुक्ति मोर्चाहरुले अध्यक्ष प्रचण्ड लगायतलाई भेटर पहिचानको आधारमा पुन नामकरणको लागि भूमिका खेल्न आग्रह गर्दै आएका छन् । कार्यक्रममा पार्टीको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ्ग (मिक्सों), केन्द्रीय सदस्य समेत रहेका लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष मुक्साम मेन्याङ्बो लिम्बू, किराती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष राजन किराती, धिमाल राष्ट्रिय मुक्ति मोर्चा लगायत बिभिन्न जातीय मेर्चाका पदाधिकारी सदस्यहरुको उपस्थिति रहने बताइएको छ । 
     

सम्वन्धित समाचार

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…

मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित तमु बौद्ध गुम्बाको ११ औं चुनावी साधारण सभाले कुलबहादुर गुरुङको …