मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आले मागरले ‘कथित’ कोशी नाम पञ्चायतकालीन भूत भएकोले खारेजी गर्ने पर्ने बताएका छन् । 
मोर्चाको १ नं. प्रदेश समितिले बुधबार मोरङको बेलबारीमा आयोजिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष मगरले सो कुरा बताएका हुन । कोशी नाम पूर्ब पञ्चहरुले अञ्चलको रुपमा राखेको नाम भुत भइसकेकोले खारेजी आन्दोलनमा लाग्नु पर्ने मगरले बताए । 
पहिचान कुनै जातीय नभएर उत्पीडित समुदायको मुद्धा भएको मगरको भनाइ थियो । माओवादी केन्द्रले पहिचानलाई उत्पीडित समुदायको अधिकार, भावनालाई स्वीकार्न र निर्वाचन जित्नको लागि पनि आन्दोलनको नेतृत्व गनुृपर्ने बताए । 
कार्यक्रममा पूर्ब सभामुखसमेत रहेका पार्टी नेतृ ओनसरी घर्ती मगरले पार्टीले पहिचानको बुद्धा नछाडेको कोशी नाम एउटा व्यटलमा कमजोरी भएपनि सिंङ्गो युद्ध जित्ने कुरामा विस्वास्त रहेको बताए । बाग्मति प्रदेशमा नेवारी, तामाङ भाषालाई सरकारी कामकाजको भाषा घोषणा गर्दा मुख्यमन्त्री शलिग्राम जबरकटेल र प्रधानमन्त्री प्रचण्डको पक्षमा नाराजुलुस भएको घर्तीमागरले प्रसंग उल्लेख गरे । पार्टीले शक्ति पुग्दा जनताको पक्षमा तुरुन्त निर्णय गर्ने भनाइ थियो । 
कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका पार्टी केन्द्रीय उपमहासचिव तथा प्रदेशको इन्चार्ज हरिबोल गजुरेल (शतिलकुमार)ले प्रदेशमा चलिरहेको पहिचानको आन्दोलन उठ्नु जनताको चेतना स्तर उठेको रुपमा बुझ्नु पर्ने बताएका छन् । पार्टी उत्पीडित वर्ग, समुदायको अधिकार र पहिचानको पक्षमा रहेको बताए । आफू प्रदेशको इन्चार्ज भएर आएपछि बिभिन्न संगठनहरुलाई यसैगरी बैठक, भेला बसाएर छलफल सुरु गरेको बताए । 
कार्यक्रममा प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अघिल्लो पालामा प्रदेशको नाम किरात राख्न सार्वजनिक बहस चलाएको प्रशंग उल्लेख गरे । यो पटक माओवादीले कोशीमा भोट नदिए पनि पासहुने अवस्था रहेको भन्दै हस्ताक्षर गरेकोमा पार्टीले गल्ति स्वीकार्दै वातावरण बनेपछि पुन पहिचानको आधारमा पुन नामकरण गर्ने आङ्बोको भनाइ थियो । 
रिपोर्टिङको क्रममा किराती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष राजन किराती (बासु)ले माओवादी (केन्द्र)ले समानुपाति तर्फ ल्याएको भोट आदिबासी जनजातिकै रहेको दाबी गरेका छन्् । अध्यक्ष किरातीले कोशी प्रदेश नाममा भोट नदिएका प्रदेश सभा सदस्यहुन् ।
अध्यक्ष किरातीले पार्टीले पहिचान र उत्पीडित समुदायको मुद्धाको पक्षमा नलागे इलाम उपनिर्वाचनमा जस्तो जनता अर्कैतिर आकर्षित भए माओवादी केन्द्रको अवस्था झन कमजोर हुनसक्ने बताए । 
आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश संयोजक प्रेम मिभकको सभापतित्वमा भएको कार्यक्रममा पार्टी नेता प्रदेशका सह इन्चार्ज साबित्रीकुमार काफ्ले, पूर्ब संघीय मन्त्री शिवकुमार मण्डल, पार्टी केन्द्रीय सदस्यसमेत रहेका संघीय सांसद दुर्गा राई, पार्टी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो), मुक्साम मेन्याङ्बो, केन्द्रीय सदस्यसमेत रहेका मोरङ जिल्ला इन्चार्ज कुलप्रसाद साम्बा, प्रदेश सांसद गीता तिम्सिना, भोगेन्द्र यादव, हेम कार्की, मणि खम्बू, अरुण सुन्दास, बिनिता घिमिरे, लेखक÷विश्लेषक भवानी बराललगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा धिमाल राष्ट्रिय मोर्चाका महासचिव प्रकाश धिमाल, लिम्बुवान राष्ट्रिय मोर्चा उपमहासचिव मौसम माखिम, कोचिला राष्ट्रिय मोर्चाका सचिव बृति राजवंशी, उराव राष्ट्रिय मोर्चाका हंशलाल उराव, तामाङ राष्ट्रिय मोर्चाका प्रदेश संयोजक लक्ष्मण घिसिङ, मगर राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य छत्र लुंगेली, सन्थाल राष्ट्रिय मोर्चा शिव मुर्मु लगायतले संगठनको रिर्पोटिङ राखेका थिए । 
रिर्पोटिङको क्रममा अधिकांशले प्रदेशको नाम कोशी राखिएकोमा विरोध गर्दै पार्टी आफै लागेर खारेजी आन्दोलनको नेतृत्व नगरे पार्टी अझै घट्दै जाने बताएका थिए । अभिनास मण्डलले संचालन गरेको कार्यक्रममा किराती राष्ट्रिय मुक्ति मोर्चाका महासचिव अर्जुन जम्नेली राईले स्वागत मन्तव्य राखेका थिए । 

 
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        