• मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ मान्छेहरुको बेवास्ता गरेको बताएका छन् । 
    मोरङ पथरीशनिश्चरे—८ शान्ति टोलमा जनयुद्धकालीन सहकर्मीहरुवीचको भेटमा मुक्तिले गुनासो सुनाएका हुन् । बिष्णु मगर (क.मुक्ति) माओवादीले चलाएको जनयुद्धमा सेनाको कम्पनी कमाण्डर थिए । 
    शान्ति प्रक्रियामा आएपछि घर चलाउन समस्या भएर मुक्ति बैदेशिक रोजगारीमा जान बाध्य भए । सँगै युद्धमा हिडेका कैयौ सहकर्मीहरुको वर्ग परिवर्तन भयो । जनयुद्धकालीन भिडन्तहरुमा झुक्किएर बाँचेकाहरु घर चलाउन नसक्ने भएपछि विदेशीनु परेको मुक्तिले मार्मिक ढंगले बिषय सुनाएका थिए । 
    शनिबार (२०८१ जेठ ५ं) बिहान आफू जस्तै वर्ग उत्थानमा नलागेका युद्धकालीन सहकर्मीहरुसँगको भेटमा मुक्ति भावुकहुँदै भने ‘एउटा हाँस्दासँगै हास्ने, अर्को रुँदासँगै रुने, दुःख, सुःख बराबर बाँड्ने भन्ने हाम्रो नीति थियो ।’ 
    ‘यनयुद्धमा लडेको ब्याज मलाई चाँहिदैन, माओवादी सदस्यहुन चै पाउनु प¥यो ।’ मुक्रिले थपे ‘मलाई जहाँ जाँदा पनि माओवादी भन्छन, तर पार्टी नेता कार्यकर्ताहरुले वास्ता गर्न छाडेपछि २०६८ देखि सम्पर्क बिहिन जस्तै भएँ ।’
    आफ्नो राजीतिक जीवनको अनुभूतिहरु यसरी सुनाए । पार्टीमा अवसरको तछानमछाडमा भुईँ मान्छेहरुको वास्ता हुन छाडेपछि राजिनामा बोकेर गएँ दिन सकिन । १३ बर्षपछि पार्टीले दिएको सदस्यता नवीनरण गर्दै जनमुक्ति सेनाका पूर्ब कम्पनी कमाण्डर मुक्तिले भने ‘जनताले पार्टीमा जीवन देख्नुपर्छ ।’
    म जस्ता हजारौ कार्यकर्ता विदेशबाट फर्केर आएर घरमा बसेका छन् । सहिद परिवार, घाइते, अपाङ्गता भएकाहरुलाई कति समस्याहरु होलान, पीडा, दुःख र गुनासाहरु होलान । घरघरमा पुगौ, भेटौ र भनौ अझै परिवर्तन संभव छ । उनले यस्तै वेवास्ताको कारण ३२ सिटे प्रधानमन्त्री बन्न बाध्य भएको हुनसक्ने कुरा राख्दै आगामी दिनमा पार्टी निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । 
    माओवादी केन्द्र १ नं. प्रदेश समितिले यतिबेला दुई महिने अभियान चलाइरहेको छ । ‘पूर्वेली संगठन सुढृढीकरण अभियान’ कै क्रममा पथरीशनिश्चरे नगर समितिले कार्यकर्ता भेटघाट अभियान चलाएको छ । 
    यही क्रममा विष्णु मगर .(मुक्ति)को घरैमा भेटघाट भएको हो । युद्धमासँगै हिडेका लालबहादुर शुस्लिङ मगर(सबिन), बालकुमार मगर (बिकास), रञ्जु कटुवाल लगायतको टोलीसँगको भेटमा मुक्तिले भाबुकताको साथ आफ्नो धरणा राखेका थिए । 
    भेटघाट अभियानमा पार्टी प्रदेश सल्लाहकार शिव तिम्सिना, पथरीशनिश्चरे नगर समिति अध्यक्ष गोबिन्द कटुवाल, उपाध्यक्ष कमल हाङ्बाङ लिम्बू, सचिव मान दियाली, सदस्य राजकुमार तिरुवा, सुमन वनेम, ८ नं. वडा समिति अध्यक्ष अनिल खजुम, किराती राष्ट्रिय मुक्ति मोर्चाको महासचिव अर्जुन जम्नेली राई, प्रेस सेन्टरको केन्द्रीय सदस्य मोहन भट्टराई लगायतको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा पार्टी केन्द्रीय सदस्य लालबहादुर शुस्लिङ मगरले भने ‘‘हामीसँग हिड्ने साथीहरुको हाड्डी मक्कि साक्यो ।’ मगरले थपे ‘हामी झुक्किएर बाँचेका हौ, यो कुरा नेतृत्व र सबैतहका कार्यकर्ताहरुले बुझेर व्यवहार परिवर्तन गर्दै पार्टी निर्माणमा जुट्नुपर्छ ।’’ बिष्णु मगरसँगै मगरको परिवार र बिभिन्न पार्टीमा लागेका पुराना सदस्यहरुले पनि माओवादी केन्द्रको सदस्यता नवीनरण गरेका छन् । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोली (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ ।  न…

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चा झापा जिल्लाको बिहिबार भएको प्रथम जिल्ला सम्मेलनबाट शन्तोष राईको नेतृत्व…