• मोरङ । मोरङको पथरीशनिश्चरे नगरको बिभिन्न विद्यालयमा शिक्षक नियुक्तिको परीक्षामा सबै सहभागी फेल भएका छन् । 

    मोरङको पथरीशनिश्चरे नगर—५ मा रहेको अमरसिंहमा कक्षा ११—१२  मा अंग्रेजी बिषयको लागि परीक्षा लिइएको थियो । एक जना शिक्षकका लागि चार जनाले परीक्षा फर्म भरेका थिए । जसमध्ये दुई जनाले प्रथम पत्र पास गर्न सकेनन् । प्रथम पत्र पास गरेका बाँकी दुई जनामा कोही पास नभएको नगरका शिक्षा अधिकृत नवीन खुलाल बुढाथोकीले जानकारी दिए । प्रथप पत्रमा ५० र दोस्रोमा पास गर्न ४० अंक ल्याउनु पर्छ । परीक्षामा दुबैजनाले ४० नल्याएपछि पुन परीक्षा गराउनु पर्ने अवस्था आएको खुलालले बताए । 
    त्यसैगरी सोही वडाको सुगाहाट माविमा गणित तर्फको लागि ६ जनाले परीक्षा दिएकोमा ३ जना प्रथम पत्रमै फेल र दोस्रो पत्रका लागि दिएको ३ जनाले नै ४० अंक नल्याएपछि त्याहा पनि पुन परीक्षा गराउनु पर्ने नगर शिक्षा बिभागले जनाएको छ । 
    त्यसैगरी भागिरथ माविमा आधारभूत तहमा एक जना शिक्षकको लागि ४ जनाले परीक्षा दिएकोमा सबै फेल, सुनाखरी माविमा पहिलो पटक यसैगरी कोही पास नभएपछि दोस्रो पटक परीक्षा गराउनु परेको अधिकृत खुलालले जानकारी दिए । 
    परीक्षा गराउन सम्बन्धित विद्यालय व्यवस्थापन समितिको अध्यक्षतामा दुई जना बिषय विज्ञ, नगरको शिक्षा विभाग प्रमुख र विद्यालयको प्रधानाध्यापक गरी पाँच सदस्यीय परीक्षा समिति रहन्छ । 


    शिक्षक नियुक्तिको परीक्षा सेटिक तथा आर्थिक प्रभावलाई रोक्न अचेल परीक्षा स्थालमै आएर प्रस्नपत्र बनाउने, एकै दिनमा नजिता निकाल्ने गरिदै आएको छ । यसरी बिन सेटिक र आर्थिक प्रभाव नहुँदा शिक्षक नियुक्तिको परीक्षामा सबै सहभागी फेल भएर पुन परीक्षा लिनुपर्ने हुँदैआएको छ । निष्पक्ष रुपमा यसरी परीक्षा गराइदा पढे पास भइन्छ भन्ने र गुतस्तरका शिक्षक पाउने वातावरण बन्दै जानेछ । 

    केही बर्ष अघि एमाले, कांग्रेस, माओवादी लगायतमा आबद्ध संगठनका नेताहरु र जिल्ला शिक्षा अधिकारीको सेटिकमा आर्थिक प्रभावले गर्दा कहिल्यै यसरी भएजति परीक्षार्थी फेल हुँदैनथे । बरु परीक्षा अगाडि नै सेटिङमा पास गराउन लागेका व्यक्तिको नाम प्रचार हुने गर्दथे । 
     

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…