• मोरङ । नेपाल पत्रकार महासंघको निर्वाचन नजिँकिदै गर्दा महासंघ मोरङको बिवाद र पत्रकारको नाममाहुँदै आएको आर्थिक अनियमितताको बिषयमा प्रेस संगठनमा दुई वटा धारणा आएको छ । 
    नेपाल पत्रकार महासंघ मोरङको अध्यक्ष संजिव खनाल बैदेशिक रोजगारीमा गएपछि कार्यबाहक को हुने भन्ने बिषयमा करिव छ महिना अघिदेखि बिबाद थियो । 
    अध्यक्ष खनाल बाहिर गएपछि खुल्ला उपाध्यक्ष मोहन भट्टराई र महिला उपाध्यक्ष तारा आचार्य दुवै जना कार्यबाहक पाउनु पर्ने अडानमा थिए । भट्टराई प्रेस सेन्टर, आचार्य युनियन समर्थित हुन भने अध्यक्ष खनाल चौतारीबाट उठेर जितेका थिए । 
    महासंघको विधानमा खुल्ला र सिनियर उपाध्यक्षलाई कार्यबाहक दिनुपर्ने भन्दै नेपाल पत्रकार महासंघको प्रदेश समितिले मोहन भट्टराईलाई र चौतारीबाट चुनाव जितेका खनालले तारा आचार्यलाई कार्यबाहकको पत्र दिएका थिए । 
    विवादकैवीच जेठ ६ गते बिभिन्न संगठनका नेताहरुको निर्णय भन्दै दुबैजनाको अध्यक्षतामा पालैपालो एक—एक बैठक बस्ने भन्दै जवरजस्ति निर्णय भएको थियो । 
    सोही बिषयमा प्रेस संगठन पूर्बी मोरङ शाखा संगठन समितिका अध्यक्ष सारोज बस्नेतको अध्यक्षतामा ७ गते उर्लाबारीको बाँसेचौरीमा बसेको बैठकले कार्यबाहक बारे गरिएको भनिएको निर्णय मान्य नहुने र खारेजी गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । 
    कार्यबाहक सम्बन्धिको निर्णय संगठनहरुमा छलफल बिन व्यक्तिगत हिसावले गरिएको कारण मान्नु बाध्य नहुने भन्दै खारेजी गरेको निर्णयसहितको विज्ञप्ति सार्वजनिक गरेको हो । बैठकले महासंघ मोरङमो आगामी निर्वाचनमा मोहन भट्टराई र सरोज बस्नेत मध्ये एक जनालाई अध्यक्षमा उठाउने निर्णयसमेत गरेको छ । 
    पत्रकार महासंघलाई आड बनाएर बिभिन्न संगठनले प्रदेश सरकार लगायत बिभिन्न निकायबाट बार्षिक रुपमा करोडौ रकम लिएपनि हिसाव नहुने गरेको भन्दै हिसाव के के मा खर्च भएको हो छानबिन गरी सार्वजनिक गरिनुपर्ने, अनियमित भए खबदारी गर्नुपर्नेमा महासंघका नेताहरु आफै संघ, प्रदेश र स्थानीय तहसम्म भ्रष्ट्रचारमा लिप्त व्यक्तिहरुको भण्डाफोर गर्ने उल्लेख छ । आगामी दिनमा स्वच्छ छबि भएका व्यक्तिलाई उमेद्वार बनाउनु पर्ने विज्ञप्तिमा उल्लेख छ । बैठकमा भएको चार बुँदै निर्णयको आधारमा जुनसुकै संगठनसँग छुट्टै गठबन्धन गर्नसक्ने भन्दै न्यायप्रेमी कलमजिवीहरुमा सहकार्यको लागि आव्हान समेत गरेको छ । 
    बैठकमा प्रेस सेन्टरबाट निर्वाचन जितेका मोहन भट्टराई, संगठनका केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, भक्तशेर लिम्बू, प्रदेश समिति सदस्य किशन शाही, बिजय धिमाल, मोसम लिम्बू, अर्जुृन लिम्बू, पुजन दास, बिजय खम्बू, सम्झना राई लगायत सहभागी भएका थिए । बैठकले पत्रकार महासंघको निर्वाचनमा प्रदेशसम्मै अगल अलायन्स गर्न सक्नेसम्म छलफल भएको थियो । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…