• मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित सुनखरी माबिमा अध्ययरत विद्यार्थीहरु सामाजिक काम गर्न इन्छुक भएका हुन् ।
    सामाजिक काम गर्न इन्छुक विद्यार्थीहरुलाईेद्ध स्काउटको तालिम दिएर सोमबार सदस्यता वितरण गरिएको हो । विद्यालयले दीक्षान्त समारोहको आयोजना गरेर तालिम प्राप्त विद्यार्थीहरुलाई स्काउट दीक्षित गरिएको हो । 
    पथरीशनिश्चरे नगरपालिकाको सहकार्यमा माविमा अध्ययनरत ४५ जना विद्यार्थीहरले स्काउटको तालिम लिएको सुनाखरी माविका प्रधानाध्यापक नरेन्द्र घिसिङले बताए । जसमध्ये ३१ जना छात्रा र १४ जना छात्र गरेको स्काउट मास्टर भूमिका मगरले बताए । 
    स्काउट युवा विद्यार्थीहरुलाई शारीरिक, मानसिक, बौद्धिक विकास, अनुशासित र स्वाबलम्बी बनाइ सामाजिक तथा देश बिकासमा लाग्न प्रोत्सान गर्ने संस्था हो । तालिम लिएका सुनाखरीका विद्यार्थीहरु स्काउट दीक्षित हुनुअघि मार्चपास प्रदर्शन गरेका थिए । दीक्षितहुनु अघिल्लो रात (आइतबार) क्याम फायरको साथै बिभिन्न कलाहरु प्रदर्शन गरेका थिए । 
    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राईको सभातित्वमा भएको दीक्षाान्त समारोहमा पथरी शनिश्चरे नगरपालिका १ नं. वडा अध्यक्ष भिमकुमार राईको प्रमुख अतिथ्यमा भएको थियो ।
    समारोहमा पूर्व नगर प्रमुख दिलिपकुमार राई, नगरपालिकाको शिक्षा शाखा अधिकृत नविन खुलाल, पञ्चायत माबिका प्रधानाध्यपक अर्जुनकुमार बुढाथोकी, नगरका स्काउट आयुक्त रोशन कुमार बुढाथोकी, सुनाखरी माविका पूर्ब शिक्षक डा. देउमान सम्बाहाम्फे, शिक्षक अभिभावक संघका अध्यक्ष उपेन्द्र मादेन लगायतको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा रमेश दाहाल, रुपनारायण भट्टराई, तुलसी ढकाल, जनप्रतिनिधीहरु सुरेश कुमार कार्की, आरती बिक, बसुन्धरा गुरुङ, पथरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष धनकुमार तामाङ, हिरक आविका प्रधानाध्यापक कविता तिम्सिना भण्डारी, महिला फेडरेसन गोमा दाहाल निरौला लगायत सहभागिता रहेको थियो ।
    सोही अवसरमा विद्यालयका पूर्ब विद्यार्थी सुजन नेम्वाङको टोलीले ७६ हजार सहयोग प्रदान गरेका छन् । विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगायतको पहलमा २० लाख अक्षकोष रहेको छ । कोषको व्याजबाट बार्षिक रुपमा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 
    नगरमा सामुदायिक बिद्यालयहरु मध्ये पहिलो पटक सुनाखरी माबिले विद्यार्थीहरुलाई स्काउटको दीक्षित गरेका हुन् । स्काउट अभिायनले बिद्यालयमा अध्ययनरत विदार्थीहरुमा समामाजिक कार्यको साथै अनुशासित र स्वावलम्बी भाव बढ्ने प्रधानाध्यापक नरेन्द्र घिसिङले बताए । स्काउटको तालिम सोही विद्यालयका शिक्षक पिताम्बार घिमिरे र भूमिका मगरले दिएका थिए । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोली (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ ।  न…

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चा झापा जिल्लाको बिहिबार भएको प्रथम जिल्ला सम्मेलनबाट शन्तोष राईको नेतृत्व…