• मोरङ । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पाट, नेपाल बिभाजन भएर तीन भागमा बिभाजित भएपनि सो संगठनको १ नम्बर प्रदेश स्थित लिम्बुवान राष्ट्रिय समितिमा दुई भाग मात्र देखा परेको छ ।
    जसपा, नेपालहुँदा पार्टीको सप्तकोशी पूर्ब लिम्बुवान राष्ट्रिय समिति कार्यकारी संगठन रहेको थियो । पार्टी बिभाजन भएर संगठनका नेताहरु जसपा नेपाल, जसपा र पहिचानवादी मोर्चा गरेर तीन भागमा बिभाजित भएको छ ।
    केन्द्रमा जसपा नेपालको नेतृत्व उपेन्द्र यादव, जसपाको अशोककुमार राई र पहिचानवादी मोर्चाको नेतृत्व डा.महेन्द्र लावती÷खगेन्द्र माखिमहरुले गर्दै आएको छ । यी तीन समूहमा जसपाका नेता, कार्यकर्ताहरु तानातान गर्दै आएका छन् । 
    बिभाजन भएपछि लिम्बुवान राष्ट्रिय समितिमा भने बराबर जस्तो देखिएको छ । राष्ट्रिय समितिले आफू पक्षधर बलियो भएको दावि गरेपछि यो समितिमा बराबर भएको बुझिएको छ । 
    लिम्बुवान राष्ट्रिय समितिको अध्यक्ष जेण्टल लावती, उपाध्यक्षहरु एविजार आङ्देम्बे, अग्निमाया मेचो, महासचिव केदार धिमाल, सचिव अजित धिमाल, सुश्मा राई पहिचावादी मोर्चामा देखिएका छन् । 
    उपाध्यक्ष सञ्जय मेवाहाङ राईको नेतृत्वमा संस्थापन उपेन्द्र यादव पक्षधरको नेतृत्वमा रहेको बुझिएको छ । सचिव हेमराज जिमी, कोषाध्यक्ष टुपेन्द्र एक्तेन, कार्यकारिणी सदस्यहरु नारायणमान गुरुङ, मणि लुङ्गेली, सुर्य तमु, सुरेन्द्र सुहाङ, सन्तोष कुरुम्बाङ लगायत ४५ सदस्यीय समितिमा ५० प्रतिशतभन्दा बढी संस्थापनमा रहेको यो समुहको नेतृत्व गरिरहेका उपाध्यक्ष सञ्जय राईको दाबी छ । यो समितिमा अशोक राई पक्षधरमा भने कम मात्र लागेको बुझिएको छ । 
    पार्टी बिभाजनपछि संगठनको सम्पूर्ण समिति पहिचानवादी मोर्चामा लागेको भन्दै प्रचार भएको भन्दै उपेन्द्र यादव पक्षधरका सञ्जय राईले सोमबार विज्ञप्ति प्रकाशन गरेर भ्रममा नपर्न सचेत गराएका छन् । विज्ञप्ति प्रकाशन गरेर सम्पूर्ण पदाधिकारी सदस्यहरुमा पार्टीको मूलधारमा फर्किन समेत आग्रह गरेका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…