• मोरङ । मोरङको पथरीशनिश्चरे नगरहुँदै दक्षिण जाने मनमोहन गान्धी सडक निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले ढिला गर्दा भइरकेको समस्या समाधान गर्न नगर प्रमुख मोहन तुम्बापोले प्रयास गरेका छन् । 

    कान्छाराम कन्ट्रक्सन कम्पनीले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले पटक पटक बन्द तथा कार्यालयमा ताला लगाउने लगायतको आन्दोलन गर्दै आएका छन् । 
    भइरहेको पुरानो कालोपत्रे सडक भत्काएर नयाँ निर्माणमा ढिला भइरहँदा सडक पूर्ब पश्चिमका घर भएका उपभोक्ताहरु हिउँदमा धुलो र बर्षामा हिलोको समस्या भोग्दै आएका छन् । 

    सडक चाडो निर्माण गर्न दबाब दिन गएको मंसिर र यही वैशाखमा सडकमा ढाट लगाएर बन्द गराएका थिए । केही हप्ता अघि सडकमा राखिएको ढाट खुलाएर निर्माण कम्पनी कान्छारामको कार्यालयमा ताला लगाएर आन्दोलन गरिरहेका थिए । 
    समस्या समाधान गर्न शनिबार (जेठ १२ं) नगर प्रमुख तुम्बापोले आन्दोलनरत उपभोक्ताहरु, कान्छारा कन्ट्रक्सनको प्रतिनिधि र प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थितिमा ५ बुँदे सहमति भएको छ । नगर प्रमुख तुम्बापो यही समस्या लिएर सुक्रबार विराटनगर गएर प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला कार्यालयमा छलफल गरेका थिए । विराटनगरको छलफलले आज सरोकारवालाहरुसँग नगरमा छलफल गर्ने सल्लाह भएको थियो । 

    छलफलमा मोरङका प्रमुख जिल्ला अघिकारी प्रेमप्रसाद भट्टराईले सहमति अनुसार काम नभएर कान्छाराम कन्ट्रक्सन कम्पनीका प्रतिनिधिलाई पक्राउ गरेर थुनिदिने बताएका छन् । सहमति अनुसार काम नभएर अभद्र व्याबहारमा थुन्न लिल्ने भन्दै जो सुकैले उजुरी दिन मिल्ने प्रमुख भट्टराईको भनाइ थियो । 

    पार्टी पेमेन्ट होस, नहोस उपभोक्ताले नबुझ्ने तर सरकारसँग गर्छु भनेपछि जोखिम लिएर पनि कम्पनीले काम गर्नुपर्ने प्रजिअ भट्टराईको भनाइ थियो । 

    पथरीशनिश्चरे नगर प्रमुखको कार्यकक्षमा भएको छलफलमा कान्छाराम कन्ट्रक्सन कम्पनीका व्यवस्थापक दिपक थिङले पाँच करोडको काम गरिसक्दा ५० लाख पनि निकासा नदिएको र ठेक्का सम्झौताको म्याद नथपेको कारण काम गर्न नसकेको बताएका थिए । भर्खरै २०८२ असारसम्मको ठेक्का म्याद थपिएकोले सहमति अनुसारको काम गर्ने व्यवस्थापनक थिङले बताएका छन् । 
    सडक अलपत्र भएर समस्या झेल्नु परेपछि रिगुवा महेन्द्र चोकमा वीरेन्द्र गुरुङ र शनिश्चरे कुशल चोक सडक खण्डमा सुरेन्द्र चापागाईको संयोजकत्मा संघर्ष समिति गठन भएर आन्दोलन भइरहेको थियो । 
    छलफलमा ९ र ४ नं. वडा अध्यक्षहरु क्रमस वीरबहादुर राई, लोककिरण न्यौपान, ८ का पूर्ब वडा अध्यक्ष बाबुराम दाहाल, संघर्ष समितिको तर्फबाट सुरेन्द्र चापागाई, सुमन वनेम, स्थानीय प्रतिनिधि पर्शुराम कार्की लगायतको उपस्थिति रहेको थियो । 

    सहमतिको बुँदाहरु र छलफलमा सहभागीहरु 


     

सम्वन्धित समाचार

माओवादी (केन्द्र)का नेतासमेत रहेका राष्ट्रिय सभा सदस्य सुरेश आलेमगरले कोशी नाम खारेजीको आन्दोलनमा एक बर्ष …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित समुदायिक विद्यालय पञ्चायत माविका छात्रा एसइईमा मोरङ जिल्ला…

मोरङ । मानिसलाई सुख, शान्ति, समृद्ध गराउन योग, प्राणायम र ध्यान गराउदै आएको जीवन विज्ञान संस्थाको बुधबार …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको आर्थिक बर्ष २०८१÷०८२ मा ८५ करोड ४१ लाख आठ हजार बजेट…