• मोरङ । मोरङ । सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश समितिका सदस्य अग्नी पौडेलले मोरङको खोलाहरुमा अत्याधिक दोहन भइरहेको बताएका छन् । 
    सामुदायिक वन उपभोक्ता महासंघ मोरङको आयोजनामा आज (सुक्रबार) सुन्दर हरैचाको खोसार्ने स्थित सुकुना सामुदायिक वन उपभोक्ता वनको सभाहलमा भएको २९ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै पौडलेले सो कुरा बताएका हुन् । मोरङ लेटाङ निमासी पौडेल महासंघको पूर्ब प्रदेश महासचिव र वर्तमान सदस्य हुन् । 
    पौडेलले मोरङको चिसाङ, लेटाङ, उर्लाबारी, मिक्लाजुङ लगायतका खोलाहरुबाट मापदण्ड विपरित अत्याधिक रुपमा गिटी, बालुवा, ढुङ्गा निकालेर दोहन भइरहेको बताए । 
    वातावरणीय प्रभाव मुल्याङ्कन (ईआइए) परीक्षण हेर्दा खोलाहरुबाट मापदण्ड र कानुन वितपतिर मिक्स गिटी, बालुवा र ढुङ्गा गइरहेको तर कसैको ध्यान नपुगेको बताए । खोला दोहनको बारेमा सामुदायिक वन उपभोक्ता महासंघको बिभिन्न तहगत समितिहरुले ध्यान दिनुपर्ने बताए पौडेलले बताए । 
    कर छुट, प्रदेश वन ऐन, नियमावली बन्नुमा वन उपभोक्ता महासंघको महत्वपुर्ण भूमिका रहेको बताए । पौडेलले साझेदारी वनको क्षेत्र घटाउनु पर्ने, सामुदायिक वन भित्र खुल्दै आएको कम्पनीको कारण समग्र सामुदायिक वनलाई समस्याहुँदै आएको बताएका छन् । 
    कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका सुन्दरहरैचा नगर प्रमुख केदार गुरागाईले सबै मिलेर आफ्नो क्षेत्रको आर्थिक, सामाजिक र शैक्षिक विकासतर्फ लाग्नुपर्ने बताए । वनस्पति, जनावर, किराहरु र हावा पानी मानवीय जीवनसँग जोडिएको कारण सबै मिलेर जोगाउनु पर्ने प्रमुख गुरागाईको भनाइ थियो । 
    सामुदायिक वनहरु लिने मात्र भन्दा समाका लागि दिने स्तरमा उक्सिनु पर्ने भन्दै प्रमुख गुरागाईले कतिपय वनका पदाधिकारीहरु वीचौलिया जस्तो भएकोले सच्चिनुपर्ने बताए । कटान आदेश लगायतका घट्नाहरुमा वन कर्मचारीसँग मिलेपछि मात्र आदेश लिन नगरमा आउने गरेको भन्दै यस्ता प्रवृतिको अन्त्यहुनुपर्ने नगर प्रमुख गुरागाईको भनाइ थियो । गुरागाईले सरकारी संस्था र सामुदायिक वन नेपालमै ठूलो सञ्जाल भएको संगठन भएकोले नेपाल र नेपालीको हितमा प्रयोग हुनुपर्ने नगर भनाइ थियो । 
    सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष कष्णप्रसाद लुइटेलको सभापतित्वमा भएको कार्यक्रममा संगठन केन्द्रीय समितिका सदस्य रोहिणीप्रसाद गौतम, प्रदेश समितिको सदस्य रामकृष्ण राई, जानुका थापा, ऐनकुमारी दाहाल, कानेपोखरी महासंघका अध्यक्ष नवीन राई, सुन्दर हरैचा समितिका अध्यक्ष सर्मिला कार्की लगायतले शुभकमाना मन्तव्य राखेका थिए । 
    महासंघ जिल्ला उपाध्यक्ष मदन पोख्रेलद्वारा स्वागत गरिएको कार्यक्रममा पालिका स्तरीय महासंघ र सामुदायिक वनका पदाधिकारी सदस्यहरु उपस्थित रहेका थिए । 


     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…