• मोरङ । मोरङको पथरीशनिश्चरेमा स्वच्छ, सफा पोखरीमा सस्तो र सुरक्षित रुपमा स्वीमिङ (पौडी) खेल्न पाइने भएको छ । 
    यो अबसर पथरीशनिश्चरे—२ स्थित हरियाली सामुदायिक वन लिमिटेडले जुराएउने भएको हो । हरियाली सामुदायिक वन क्षेत्र भित्र निर्माण सम्पन्न भएको पौडी पोखरी जेठ २५ गते उद्घाटन गर्ने समूहका अध्यक्ष काबुलबहादुर मगरले बताए ।
    सामुदायिक वनले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर सुविधा सम्पन्न व्यवस्थित पौडी पोखरी निर्माण सम्पन्न भएको जानकारी दिएको हो । वाल र वयस्क गरी २ वटा पौडी पोखरीे, चेन्जिङ रुम, शौचालय, चमेना गृह, टिकट काउण्टर, सवारी सधान पार्क लगायत तयारी भएको छ ।
    स्वीमिङ गर्न चाहनेहरुका लागि बयस्कका लागि २०० र बालबालिकाको लागि १०० प्रतिव्यक्ति शुल्क निर्धारण गरिएको छ । निर्धारित शुल्कमा हरियाली सामुदायिक वन र शेयर सदस्यहरुलाई २५ प्रतिशत छुट गर्ने कम्पनीको अध्यक्ष दिलबहादुर तामाङले बताए । 
    पोखरीमा स्वीमिङ कष्टम, रिङटप, लाइभ ज्याकेट, लाइभ गार्ड रहेकोले पूर्ण सुरक्षा रहने जनाइएको छ । तुलनात्मक हिसावले अन्य पोखरीहरुमा भन्दा शुल्क शुलभ रहेको छ । पौडि (स्वीमिङ) यतिवेला मनोरञ्जनको लागि मात्र नभएर सिप (पौडि खेल्न सिक्ने), अत्याधिक गर्मी छल्न र व्ययमको लागि नियमित रुपमा खेल्न थालिएको छ । हरियालीले प्याकेजमा खैल्नेहरुका लागि मासिक, त्रैमासिक, अर्ध बार्षिक र बार्षिक रुपमा छुटमा कार्ड वितरण गर्ने समूहका अध्यक्ष काबुलबहादुर मगरले बताए । पत्रकार सम्मेलनपछि सञ्चार कर्मी र समूहका पदाधिकारी तयारी पोखरीमा परीक्षणको लागि पौडी खेलेका थिए । 
    पौडी पोखरी ३ करोड ५५ लाखमा निर्माण सम्पन्न भएको समूहले जनाएको छ । हरियालीमा विवाह, पार्टी, भोज, सांगीतिक, सांस्कृतिक कार्यक्रमको लागि एसीसहितको सभा हल चालु अवस्थामा रहेको छ । पर्यपर्यटन विकासको लागि सामुदायिक वनको कार्य योजना र डीपीआर अनुसारको ३ वटा पोखरी निर्माण भइरहेको छ । 
    सामुदायिक वन भित्र नेपालको आकारको बोटिङ पोखरी, गेष्ट हाउससहितको रेष्टुरेन्ट, बाल उद्यम, विज्ञान प्रदर्शनी, यलम्बरको मूर्ति लगायत खुल्ला संग्रहलय, वन भोज स्थल, कार्यक्रम हल लगायतको डीपीआर निर्माण गरेर भौतिक संरचना निर्माण भइरहेको छ । कम्पनीमा हाल ८६१ जना शेयर सदस्य रहेको र पथरीशनिश्चरे नगरको लागि मात्र इच्छुकहरु नागरिकका लागि शेयर खुल्ला गरिएको जनाएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…