• किरात राई समुदायको सांस्कृतिक चाड उभौली मोरङ कानेपोखरीको आइतबारे साकेला थानमा भब्य प्रदर्शनीसँगै यो बर्षको मैझारो गरेको छ ।
    किरात राई यायोक्खा मोरङ जिल्ला समितिको आयोजना र कानेपोखरी गाउँ समितिको व्यवस्थापनमा भएको कार्यक्रममा बिराटनर, सुन्दरहरैचा, केराबारी, बेलबारी, लक्ष्मीमार्ग, लेटाङ, जाँते, पथरीशनिश्चरे, उर्लाबारीदेखि मिक्लाजुङबाट साकेला टोली उपस्थित भएका थिए ।
    यायोक्खा जिल्ला अध्यक्ष केदार राईको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, उपमहासचिव अर्जुन जम्नेली राई, पूर्ब केन्द्रीय सदस्य नवीन राई, किरात राई युवा संघको संस्थापक सचिव सञ्जय राई, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला उपाध्यक्ष भोजवीर माझी लगायतले शुभकामना मन्तब्य दिएका थिए । यायोक्खा जिल्ला सचिव काशिहाङ राईद्वारा सञ्चालन भएको कार्यक्रममा उपाध्यक्ष सीता राईले स्वागत गरेका थिए । 
    मोरङको साकेला मैझारो गर्न आइतबारे पुगेका युवा युवतीहरु बुधबार दिनभर ढोल, झ्याम्टाको साथमा गीत गाउँदै साकेला नाचेर रमाएका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुले साकेला थान, चुलोमा पूजा र यलम्बरको मूर्तिमा माला अर्पण गरेका थिए । साकेला कार्यक्रम अवलोकन गर्न स्थानीय माउन्ट हर्मन बोर्डिङ स्कुलले आफ्नोे विद्यार्थीहरु ल्याएका थिए । 

    साकेला २३ मा पालिकाको सार्वजनिक विदा दियो २० गते
    साकेला किरात राई समुदायको प्रमुख चाड हो । मोरङ जिल्लाभरबाट साकेला नाच्न २३ गते (बुधबार)ं आउछन भनेर जानकारी हुँदाहुँदै कानेपोखरी गाउँपालिकाले भने २० गते नै उभौली चाडको भन्दै सार्वजनिक विदाको घोषणा गरेका थिए ।
    किरात राई यायोक्खा जिल्ला अध्यक्ष केदार राईले कानेपोखरी गाउँपालिका प्रमुख रामति इङ्नाम, वडा अध्यक्षहरुलाई २३ गते अतिथिको निम्तो दिएका थिए । यद्यपि पालिकाको निमित्व प्रमुख प्रशासकीय अधिकृत गोबिन्दप्रसाद फुयलको हस्ताक्षरसहित जेठ २० गते साकेलाको विदाको सूचना निकालेका थिए ।  
    सार्वजनिक विदाको घोषणा भएपनि सो दिन साकेला कार्यक्रम नभएको कारण पालिका बाहेक सरकारी तथा निजी विद्यालयहरु खुल्ला भएको थियो । २३ गते भने साकेला प्रभावित क्षेत्रका शैक्षिक संस्थाहरु बन्द गरेर विद्यार्थी तथा शिक्षक, कर्मचारीहरुलाई साकेला चाड मान्ने अवसर दिएको बुझिएको छ । 
    यस अघि मोरङको हरेक पालिका, गाउँ र टोलटोलमा चुुलो, साकेला, पुजाको साथै सिली प्रतियोगिताहरु भएको जिल्ला अध्यक्ष केदार राईले बताए । 


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…