• मोरङ । विश्व वातावरण दिवसको अवसरमा बुधबार मोरङको पथरीशनिश्चरेको विभिन्न संघ, संस्थाहरुले विरुवा रोपेर दिवस मनाएका छन् । 
    शान्ति सामुदायिक वन उपभोक्ता समितिले भुल्के सिमसार क्षेत्रमा विरुवा रोपेर दिवस बनाएको हो । अध्यक्ष कुलमणी गुरुङ, उपाध्यक्ष नवराज मिश्र, कोषाध्यक्ष रोमान्सि धिमाल लगायतको पदाधिकारी सदस्य उपस्थित कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी गणेश श्रेष्ठ, कार्यपालिका सदस्य वीरध्वज शिवा, सव डिभिजन वन कार्यालय पथरी लगायतबाट विरुवा रोप्न आएका थिए । 
    यसैगरी नमुना घोषित पञ्चायत माविले पनि वृक्ष रोपन गरेर वातावरण दिवस मनाएको छ । वृक्ष रोपन कार्यक्रममा प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटा, शिक्षक र विद्यार्थीहरु रहभागी भएका थिए । विद्यालय परिसरमा सोमी, टिक, निम, धुपी लगायतका विरुवा रोपिएको प्रधानाध्यापक बुढाथोकीले बताए । 


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…