• मोरङको पथरीशनिश्चरे स्थित हरियाली सामुदायिक वनमा निर्मित दुई वटा पौडी पोखरीमा सुक्रबारदेखि स्वीमिङ सुरु भएको छ । 
    पथरी बजार पूर्ब मुख्य सडकसँग जोडिएको हरियाली वनमा सुक्रबार उद्घाटनपछि स्वच्छ, सफा पोखरीमा सस्तो र सुरक्षित रुपमा स्वीमिङ पुलको उद्घाटन भएको हो । सामुदायिक वन जंगलसँग जोडिएकोले स्वच्छ अनि चिसो पानीमा पौडि खेल्नको लागि खुल्ला भएको हरियाली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष काबुलबहादुर मगरले बताए । 
    पौडि  पोखरी उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले हरियाली वनले पौडि पोखरी सुरु गरेर नगर विकासमा एउटा इटा थपेको बताएका छन् । 
    हरियाली वन र हरियाली वन लिमिटेडको योजना सफलताको शुभकामना दिदै नगर प्रमुख तुम्बापोले शान्ति वनको वाल उद्यान, मनकामनाको ट्रि हाउसले पनि स्थानीय पर्यटक तानिरहेको भन्दै नगरपालिका सामुदायिक वनहरुसँग सहकार्य गर्न तयार रहेको बताए । 
    कार्यक्रममा हरियाली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष काबुलबहादुर मगरले हरियाली वनले ३८ करोडको डीपीआर बनाएर लागि रहेको बताए । 
    पूर्ब पश्चिम मुख्य सडकसँग जोडिएको हरियाली वनमा वाल र वयस्क गरी २ वटा पौडी पोखरीे, चमेना गृह, सवारी सधान पार्किङ तयारीसँगै सुरु भएको हो ।
    स्वीमिङ गर्न चाहनेहरुका लागि बयस्कका लागि २०० र बालबालिकाको लागि १०० प्रतिव्यक्ति शुल्क निर्धारण गरिएको छ । निर्धारित शुल्कमा हरियाली सामुदायिक वन र शेयर सदस्यहरुलाई २५ प्रतिशत छुट गर्ने कम्पनीको अध्यक्ष दिलबहादुर तामाङले बताए । 
    उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी गणेश श्रेष्ठ, विष्णु ज्ञवाली, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । सामुदायिक वन उपभोक्ता समितिको सचिव निर्मला क्षेत्रीले सञ्चालन गरेको कार्यक्रम कम्पनीको अध्यक्ष दिलबहादुर तामाङ, पञ्चायत मावि सञ्चालक समितिको अध्यक्ष युवाराज बास्कोटा, छिमेकी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षहरुको उपस्थिति रहेको थियो । 


     

सम्वन्धित समाचार

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…

मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित तमु बौद्ध गुम्बाको ११ औं चुनावी साधारण सभाले कुलबहादुर गुरुङको …