• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाको आर्थिक बर्ष २०८१÷०८२ मा ८५ करोड ४१ लाख आठ हजार बजेट नगरसभाले पास गरेको छ । 
    मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी पास भएको बजेट सार्वजनिक गरेको हो । संघ, प्रदेशबाट आएको सिलिङ र स्थानीय श्रोतबाट बजेटबाट शिक्षामा १ करोड ५७ लाख, स्वास्थ्यमा १ करोड २ लाख ६ हजार, कृषिमा १ करोड, पशुपंक्षी तथा मत्स्य बिकासमा ३० लाख, उद्यम क्षेत्रमा ८ लाख, युवा तथा खेलकुदमा २५ लाख लगायत रहेका छन् । 

    वडा सिलिङ बजेट
    वडा नं. १ मा ६३ लाख ५९०
    वडा नं. २ मा ६२ लाख ९० हजार २७०
    वडा नं. ३ मा ६३ लाख ६९ हजार ३००
    वडा नं. ४ मा ६४ लाख ४६ हजार ३८०
    वडा नं. ५ मा ६४ लाख ९८ हजार ९८०
    वडा नं. ६ मा ६४ लाख ९१ हजार ५८०
    वडा नं. ७ मा ६१ लाख ८१ हजार ९००
    वडा नं. ८ मा ६२ लाख ३१ हजार ७००
    वडा नं. ९ मा ६१ लाख ८ हजार ६२०

    वडा नं. १० मा ६१ लाख ८० हजार ६८०

    नगरको प्रशासनिक भवनको लागि ४ करोड ७० लाख
    पथरीशनिश्चरे नगरको प्रशासनिक भवन निर्माणको लागि ४ करोड ७० लाख र फोहोर मैला व्यवस्थापनको लागि १ करोड बजेट बिनियोजन गरेको नगर प्रमुख मोहनप्रसाद तुम्बापोले बताए । बहु बर्षिय सडक लगायतको पूर्वाधार निर्माण, दीर्घ रोगिलाई फलफूल, गर्भवती महिलालाई क्याल्सियम, जेष्ठ नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा, सामुदायिक वनसँग साझेदारी कार्यक्रमलाई निरन्तरता दिएको नगरको प्रवक्ता नवीन कार्कीले बताए । 
    पथरी बहुमुखी क्याम्पस, शिक्षक दरबन्धी मिलान गरिने लगायतको नीति तथा कार्यक्रम पास भएको प्रमुख प्रशासकीय अधिकृत शशि राईले बताए । 

    नगरको बेइजत गर्न बेरुजुको हल्ला बढी भएको आरोप
    पथरीशनिश्चरे नगरपालिकाको बेइजत गर्न चाहनेहरुले बेरुजुको हल्ला बढी गरिरहेको लेखा शाखा प्रमुख पिताम्बर वस्तिले बताएका छन् । 
    गत चार वटा आर्थिक बर्षमा २५ करोड ३२ लाख बेरुजु आएकोमा गत बर्ष १८ करोड ७६ लाख फछ्र्योट गरेको वस्तिले बताए । 
    अर्थिक बर्ष २०८०÷०८१ मा ४ करोड ८९ लाख बेरुजु देखिए पनि असुल गर्नुपर्ने र अनियमताको कारण बेरुजु नआएको लेखा प्रमुख पिताम्बर वस्तिले बताए । 
    बेरुजु आएको मध्ये करार नियुक्त कर्मचारीको तलब बापत १ करोड ४० लाख, पथरी बहुमुखी क्याम्पसलाई दिएको २० लाख, सुरक्षित आभाषा कार्यक्रमको ८५ लाख (व्यक्ति व्यक्तिलाई दिएको रकम), होम पाइप गडेको नापी नभएको भनेर २५ लाख र कार्यक्रम नै नआएको पञ्चायत माविमा गएको भनिएको ५० लाख (राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम)को विल भर्पाइ नबुझाएको भनेर महा लेखा परीक्षण कार्यालयबाट बेरुजु आएपनि तिर्नुपर्ने बेरुजु अन्य पालिकाहरुको तुलनामा अत्यन्त कम भएको बताए । 
    पथरीशनिश्चरे नगरपालिकाको बेइजत गर्न चाहनेहरुले बुझ्दै नबुझी नगरको दुस्प्रचार गर्ने प्रयास भएको बताइएको छ । करारमा नियुक्त कर्मचारीको बेरुजु देशैभरी आएको र आइरहने लेखा प्रमुख पिताम्बर वस्तिको भनाइ थियो । 
     

सम्वन्धित समाचार

मोरङ । लोकसागर सम्बा मोरङको पथरीशनिश्चरे नगर स्तरीय पोएट आइडल घोषित भएका छन् ।  पथरीशनिश्चरे …

मोरङ । एसइई परीक्षामा जीपीए—४ ल्याउने दुई लगायत उत्कृष्ट नजिता ल्याउने मोरङको पथरीशनिश्चरे—२ …

माओवादी (केन्द्र)का नेतासमेत रहेका राष्ट्रिय सभा सदस्य सुरेश आलेमगरले कोशी नाम खारेजीको आन्दोलनमा एक बर्ष …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित समुदायिक विद्यालय पञ्चायत माविका छात्रा एसइईमा मोरङ जिल्ला…