• मोरङ । मानिसलाई सुख, शान्ति, समृद्ध गराउन योग, प्राणायम र ध्यान गराउदै आएको जीवन विज्ञान संस्थाको बुधबार मोरङको पथरीशनिश्चरे नगर समिति गठन भएको छ । 
    जीवन विज्ञान मानिसलाई स्वास्थ्य, स्फुर्त, शान्त र आनन्दसँग बाँच्ने कला योग, ध्यान र प्राणायम गराउदै आएको संस्था हो । 
    पथरीशनिश्चरेको नवर्देश्वर मन्दिरमा पथरी उद्योग वाणिज्य संघको संयोजनमा १० दिनअघिदेखि निशुल्क योग, ध्यान र प्राणायम गराउदै आएको छ । जीवन विज्ञानका प्रशिक्षकहरु इटहरी, बेलबारी, दमक लगयतबाट आएर निशुल्क योग, ध्यान र प्राणायम  गराउदै आएको छ । 
    सहरीया जीवनको लागि स्वास्थ्य रहन योग, ध्यान र प्राणायम अनिवार्य जस्तै भएको छ । मोरङको पथरीमा विहान साढे ४ बजेदेखि ६ बजेसम्म डेढ घण्टा योग, ध्यान र प्राणायम गराउदै आएको छ । कार्यक्रममा दैनिक सयभन्दा बढी सहभागीहुने गरेको पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतले बताए । 
    कार्यक्रमलाई थप व्यवस्थित बनाउन समिति बनाउन आवश्यकता महसुस भएपछि उद्योण वाणिज्य संघको पूर्ब अध्यक्ष धनकुमार तामाङको संयोजकत्वमा समिति गठन भएको हो । 
    समितिको उपाध्यक्षमा कविता पराजुली, सचिवमा जानुका आचार्य, सहसचिवमा दुर्गा भट्टराई र कोषाध्यक्षमा पुन्य नेपाल रहेका छन् । 
    सदस्यहरुमा नरहाङ राई, इन्दिरा ढकाल, राधा गुरागाई, कुमार पौडेल, कृष्ण बराल, बमबहादुर थापा, सारदा बस्नेत र इन्दु दुलाल गरी १३ सदस्य समिति गठन भएको हो । 
    नव गठित समितिका पदाधिकारी सदस्यहरुलाई पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, योग प्रशिक्षक बासुदेव दाहाल, पथरी बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष माधव कोइराला लगायतले खादा लगाएर बधाई शुभकामना दिएका थिए । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…