• एसइई परीक्षामा उत्कृष्ट जीपीए ल्याएर उतिर्ण भएका विद्यार्थीहरु

    मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित समुदायिक विद्यालय पञ्चायत माविका छात्रा एसइईमा मोरङ जिल्ला प्रथम भएका छन भने रेडस्टार बोर्डिङका दुुई छात्रले जीपीए—४ ल्याएर उतिर्ण भएका छन् । 
    पञ्चायत मावि प्रदेश सरकारबाट नमूना घोषित विद्यालय हो । २०८० को एइई नजिता आज (बिहिबारं) सार्वजनिक भएको हो । पञ्चायत माविकी छात्रा निकिता राईले ३.९६ जीपीए ल्याएर सरकारी विद्यालयहरुबाट मोरङ जिल्लामै प्रथम भएको पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकीले दाबी गरका छन् । 
    सोही विद्यालयबाट करुणा राई र शौरभ धिमालले समान समान ३.६५ र नम्रता खतिवडाले ३.६२ जीपीए ल्याएर उतिर्ण भएका छन् । उच्च जीपीए ल्याएर पासहुने चारैजनालाई विद्यालयले आजै बधाई शुभकामना दिएका छन् । चारैजना विद्यार्थीलाई कक्षा ११—१२ मा निशुल्क पढाउने घोषणा गरेको प्रअ बुढाथोकीले बताए । 
    त्यसैगरी पथरीशनिश्चरे २ मा स्थापित रेडस्टार बोर्डिङ स्कुलमा अध्ययनरत छात्र अजय लिम्बू र सतिस अचार्यले जीपीए—४ ल्याएर उतिर्ण भएका छन् । त्यसैगरी पथरीको एभरेष्ट बोर्डिङ स्कुलकी कृतिका विष्टले ३.७८ जीपीए ल्याएर उतिर्ण भएको सञ्चालक रबिन कङ्दङ्बाले बताए । 
    पथरीशनिश्चरे नगरबाट उच्च जीपीए ल्याएर उतिर्ण विद्यार्थीहरुलाई नगर शिक्षा विभाग प्रमुख नवीन खुललले समाजिक सञ्जालमार्फत बधाई शुभकामना दिएका छन् । 
    पथरीशनिश्चरेमा सर्व प्रथम एभरेष्ट बोर्डिङ स्कुलबाट सलिना राईले ९० प्रतिशत अंक ल्याएर तत्कालीन एसएलसी पास गरेका थिए । पथरीशनिश्चरे नगरमा पछिल्लो समयमा उच्च जीपीए ल्याएर उतिर्णहुने विद्यार्थीहरुको संंख्या वृद्धिहुँदै गएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिले पास भएको शिक्षा सम्बन्धि विधेयकको विभिन्न बुँ…

सुनसरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिले मंगलबार धरानमा पहिचान पत्रका…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को २६ औं स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति मोरङ…

मोरङ । बिसे नगर्चीको कविता र कृति माथि चर्चा पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा शुक्रबार प…