• एसइई परीक्षामा उत्कृष्ट जीपीए ल्याएर उतिर्ण भएका विद्यार्थीहरु

    मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित समुदायिक विद्यालय पञ्चायत माविका छात्रा एसइईमा मोरङ जिल्ला प्रथम भएका छन भने रेडस्टार बोर्डिङका दुुई छात्रले जीपीए—४ ल्याएर उतिर्ण भएका छन् । 
    पञ्चायत मावि प्रदेश सरकारबाट नमूना घोषित विद्यालय हो । २०८० को एइई नजिता आज (बिहिबारं) सार्वजनिक भएको हो । पञ्चायत माविकी छात्रा निकिता राईले ३.९६ जीपीए ल्याएर सरकारी विद्यालयहरुबाट मोरङ जिल्लामै प्रथम भएको पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकीले दाबी गरका छन् । 
    सोही विद्यालयबाट करुणा राई र शौरभ धिमालले समान समान ३.६५ र नम्रता खतिवडाले ३.६२ जीपीए ल्याएर उतिर्ण भएका छन् । उच्च जीपीए ल्याएर पासहुने चारैजनालाई विद्यालयले आजै बधाई शुभकामना दिएका छन् । चारैजना विद्यार्थीलाई कक्षा ११—१२ मा निशुल्क पढाउने घोषणा गरेको प्रअ बुढाथोकीले बताए । 
    त्यसैगरी पथरीशनिश्चरे २ मा स्थापित रेडस्टार बोर्डिङ स्कुलमा अध्ययनरत छात्र अजय लिम्बू र सतिस अचार्यले जीपीए—४ ल्याएर उतिर्ण भएका छन् । त्यसैगरी पथरीको एभरेष्ट बोर्डिङ स्कुलकी कृतिका विष्टले ३.७८ जीपीए ल्याएर उतिर्ण भएको सञ्चालक रबिन कङ्दङ्बाले बताए । 
    पथरीशनिश्चरे नगरबाट उच्च जीपीए ल्याएर उतिर्ण विद्यार्थीहरुलाई नगर शिक्षा विभाग प्रमुख नवीन खुललले समाजिक सञ्जालमार्फत बधाई शुभकामना दिएका छन् । 
    पथरीशनिश्चरेमा सर्व प्रथम एभरेष्ट बोर्डिङ स्कुलबाट सलिना राईले ९० प्रतिशत अंक ल्याएर तत्कालीन एसएलसी पास गरेका थिए । पथरीशनिश्चरे नगरमा पछिल्लो समयमा उच्च जीपीए ल्याएर उतिर्णहुने विद्यार्थीहरुको संंख्या वृद्धिहुँदै गएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…