माओवादी (केन्द्र)का नेतासमेत रहेका राष्ट्रिय सभा सदस्य सुरेश आलेमगरले कोशी नाम खारेजीको आन्दोलनमा एक बर्ष अघिदेखि जेलमा रहेका इलाम माङ्सेबुङका हस्तबहादुर लिम्बू (आशिष्)को रिहाइ गर्न माग गरेका छन् ।
मगरले आज .(बिहिबारं) राष्ट्रिय सभामा बोल्दै झुटा मुद्धा फिर्ता गरेर आशिष् लिम्बूलाई तुरुन्त रिहाइ गरिनुपर्ने बताएका हुन् । लिम्बू इलाम माङ्सेबुङ गाउँपालिका—५ नं. वडा कार्यालयमा आगजनी गरेको अभियोगमा २०७९ चैत्र २२ गते पक्राउ परेर हालसम्म इलामा जेलमा रहेका छन् ।
राष्ट्रिय सभामा सभा सदस्य मगरले कोशी नाम तत्कालीन एकतन्त्रीय शासन पञ्चायत कालको भूत विरुद्ध आन्दोलन चलिरहेको र सो आन्दोलनको क्रममा पक्राउ परेका लिम्बूलाई मुद्धा फिर्ता लिएर अविलम्ब रिहाइ गर्न सरकारसँग माग गरेका हुन् ।
कोशी नाम खारेजीको आन्दोलनरत संगठनहरुसँग प्रदेश सरकार वार्ता गरिरहेकोले पक्राउ परेका आशिष् साम्बा लिम्बूलाई छाडिनुपर्ने मगरको माग रहेको छ । मगर माओवादी केन्द्र सम्बद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा, नेपालको संघीय अध्यक्षसमेत हुन् ।
आशिष् साम्ब लिम्बू रिहाइको माग गर्दै यस अघि जनता समाजवादी पार्टीकी नेतृ शुशिला श्रेष्ठले प्रतिनिधि सभामा बोलेका थिए । वर्षदिन अघिदेखि लिम्बूलाई नछाडेपछि प्रदेश नं. १ पुन नामङ्कन संयुक्त संघर्ष समितिले डकेन्द्रसिंह थेगिमको संयोजकत्वमा समिति गठन गरेर पहल सुरु गरेको छ ।